प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन ऋषिङ गाउँ सभाको अधिवेशन सेप्टेम्बरमा हुँदै

Gurkhas Online Tv
Gurkhas Online Tv५ भदौ २०७९, आइतवार

बैठक पश्चात् आयोजक सभाका पदाधिकारीहरुको ऎतिहासिक तस्बिर

तनहुँ /प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेसन ऋषिङ गाउँ सभाको अधिवेशनको खुला घोषणा सभा 11th Sep, 2022 मा सम्पन्न हुनगइरहेको छ ।
दिनाङ्क भदौ ४ गते तदानुसार 20th Aug., 2022 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन ऋषिङ गाउँ सभाका पुर्वअध्यक्ष भिम बहादुर आलेको सभाध्यक्षतामा बसेको बैठकवाट मंगोल नेशनल अर्गनाइजेसन ऋषिङ गाउँ सभा विघटन पश्चात्  उहाँकै संयोजकतामा प्रथम एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन ऋषिङ गाउँ सभाको अधिवेशनको मुल आयोजक सभा गठन भएको हो। त्यस्तैगरी उक्त अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न गर्न मुलआयोजक सभाका सदस्यहरुलाई विभिन्न कार्यको जिम्मेवारी दिईएको छ ।
यसरी कार्य विभाजन गर्ने क्रममा मनोरञ्जन संयोजकमा प्रकाश थापा मगर,स्टेच ब्यवस्थापन संयोजकमा फागुराम थापा मगर,यातायात ब्यवस्थापन संयोजकमा दिल बहादुर थापा मगर,खाना ब्यवस्थापन संयोजकमा तुल बहादुर आले , अतिथि सत्कार संयोजकमा खुम माया थापा र अार्थिक ब्यबस्थापन संयोजकमा चित्र माया थापा मगर हुनुहुन्छ ।

उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय तथा प्रदेश लगायत देशभरका विभिन्न स्थानीय तहका नेताहरुको उपस्थिती तथा केन्द्रिय नेताहरूद्वारा विशेष सम्बोधन रहने कुरा मुलआयोजक सभाका संयोजक आलेले बताउनुभयो । 
साथै उक्त खुल्ला घोषणा सभामा ऋषिङ गाउँपालिकाका लोकसमुदायहरुको बाक्लो सहभागितामा जोडदिईरहनुभएको कुरा हामीलाई उहाँले जानकारी गरानुभयो । प्रथम एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन ऋषिङ गाउँ सभा अधिवेशन भव्य र सभ्यरुपमा सफल पार्नको निम्ति स्वदेश तथा विदेशमा रहनु हुने महानुभावहरुमा मुल आयोजक सभाले आर्थिक, भौतिक तथा नैतिक तवरले सहयोग गर्नुहुन हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया