राजधानी काठमाण्डुमा निर्वाचन विशेष अन्तरक्रियात्मक कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv५ भदौ २०७९, आइतवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहि पत्रीका

काठमाण्डु / मंगोल नेशनल अर्गनाइजेशन  बागमती प्रान्तीय सभा तथा जिल्ला सभा काठमाडौंको सहआयोजनामा २० अगष्ट २०२२ तदनुसार २०७९ भाद्र ४ गते शनिबार विशेष चुनावी छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सरकारले मंसिर ४ गते प्रदेश  सभा  र प्रतिनिधि सभा सदस्य निर्बाचनको   घोषणा गरेलगत्तै प्रान्तीय सभाको पहलमा निर्वाचन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम संचालन भएको हो ।
कार्यक्रम बागमती प्रदेश सभाका अध्यक्ष राजेन्द्र तामाङको सभाध्यता र संगठनका केन्द्रिय सदस्य तथा केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा बौद्ध  स्थित तिनचुलेमा रहेको बौद्ध गाडेनको सभाहलमा सम्पन्न भएको थियो  । कार्यक्रमको  अतिथिहरुमा केन्द्रीय सदस्यहरु जोनि बि क , धन माया तामाङ , कासिमा तामाङ रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङले  प्रदेशभरका विभिन्न जिल्लाबाट पाल्नुभएका जिल्ला सभा, नगर सभा, गाउँ सभा र टोल सभाका सम्पूर्ण पदाधिकारीहरुलाई  प्रशिक्षण दिनुभएको थियो ।
त्यस क्रममा उहाले इमानदारी भएर संगठनको काम गर्न सबै नेता कार्यकर्ताहरु लाई आह्वान गर्दै आउदै गरेको प्रान्तीय सभा र प्रतिनिधि सभाको निर्बाचनमा लाग्न निर्देशन दिनु भयो ।
कार्यक्रममा जिल्ला सभा मकवानपुरका अध्यक्ष विक्रम थिङ, चितवन जिल्ला सभा अध्यक्ष टेक तामाङ, नुवाकोट जिल्ला अध्यक्ष प्रतिक्षा वाइबा, काभ्रे  जिल्ला अध्यक्ष कमल तामाङ, धादिङ जिल्ला अध्यक्ष  धर्मराज तामाङ, रसुवा जिल्ला अध्यक्ष  विकास तामाङ, काठमाडौं जिल्ला अध्यक्ष  बाबुलाल तामाङ, ललितपुर जिल्ला  अध्यक्ष  सुर्य बल, सिन्धुली जिल्ला अध्यक्ष शन्तविर तामाङ, रामेछाप जिल्ला  अध्यक्ष  सिताराम मगर, सिन्धुपाल्चोक जिल्ला  अध्यक्ष  निमा लामालगायतले पनि आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मंगोल ग गायक बुद्ध आले मगरले मंगोल संगीत प्रस्तुत गर्नुभयो ।
काठमाडौं जिल्ला सभाका अध्यक्ष बाबुलाल तामाङले स्वागत मन्तव्य राख्नुभएको  कार्यक्रम संचालन बागमती प्रान्तीय सभाका सचिव कुमार तामाङले गर्नुभएको थियो ।

बागमतिले थाल्यो  निर्वाचन केन्द्रित कार्यक्रम

प्रतिक्रिया