मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा सर्लाहीको प्रथम ऎतिहासिक अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv५ भदौ २०७९, आइतवार

कार्यक्रम पश्चात् खिचिएको ऎतिहासिक तस्बिर

सर्लाही/मंगोल नेशनल अर्गनाइजेशन सर्लाही जिल्ला सभाको प्रथम जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।
सनिवार भदौ ४ गते सर्लाहीको बाग्मती नगरपालिका वार्ड न ३ धरहरा टोलको खेल मैदानमा संगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रबन्धक राज कुमार गुरुङको प्रमुख अतिथि र केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बुको बिशिस्ट आतिथ्यतामा प्रथम अधिबेशन सम्पन्न भएको हो ।
कार्यक्रममा मधेस प्रदेश सभाका प्रचार सचिब ज्ञान मंगोल , मन बहादुर मोक्तान , पुर्ण बहादुर मोक्तान ,बिगुलाल मोक्तान
मकवानपुर जिल्ला सभा सदस्य युनिस मोक्तान ,
बारा जिल्ला सभा अध्यक्ष मदन बम्जन
बारा जिल्ला कोल्बी नगरपालिका अध्यक्ष महेन्द्र चौधरी, लेख बहादुर गोले , रेसम मगर ,बिक्रम मगर ,  सेर बहादुर मगर लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि गुरुङ ले मधेस प्रदेशमा एम एनओ लाई मजबुद बनाउनु पर्नेमा जोड दिनु भयो , त्यस्तै उहाले संगठनको कामहरु सक्रिय भएर गर्न सबै नेता कार्यकर्ताहरु लाई अनुरोध गर्नु भयो । त्यतै बिशिस्ट अतिथि फम्बोले एम एनओको सिद्धान्त र दर्शनले मात्र देशमा दिगो शान्ति समृद्धि ल्याउने भएकाले अब एम एनओको बिकल्प नरहेको बताउनु भयो ।
टेक बहादुर  बलमपाखी मगरको अध्यक्षतामा सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनले उहाकै अध्यक्षतामा १६ सदस्यीय जिल्ला सभा सर्ब सहमतीले चयन गरेको छ । जिल्ला सभाको सचिब , कोषाध्यक्ष र सह सचिब मा क्रमश जयन्द्र श्रेष्ठ ,उतर बहादुर राना र बिरु लामा चयन हुनु भएको छ भने सदस्यहरुमा
गर्जे सिङ दोङ, बुद्दिमाया मोक्तान, राज कुमार वाइबा , बुद्धलाल रुम्वा बिर्ज बहादुर मोक्तान,राज कुमार थिङ,पदम बहादुर सुसुलिङ मगर,इन्द्र बहादुर थापा मगर,शेर बहादुर किङरिङ मगर, बिनय स्याङ्तान, बिपना वाइबा ,बिपना योन्जन ,हरि गोले रहनु भएको छ । नव निर्बाचित जिल्ला सभाका पदाधिकारीहरु लाई प्रमुख अतिथि गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा मंगोल कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए पासाङ्ग मंगोलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम
राजा तामाङले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया