तनहुँको भिमादमा मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv६ भदौ २०७९, सोमवार

प्रशिक्षण कार्यक्रम पश्चात् खिचिएको ऎतिहासिक सामुहिक तस्बिर

तनहुँ/मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको आयोजनामा मुलवासी मंगोल राष्ट्रवादसम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
 मिति २०७९/०५/०६ तदानुसार  22nd Aug., 2022को दिनमा मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन, केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा भिमाद  नगरपालिका वडा -४, सिंचितमा स्थानीय लोकसमुदायहरुको उपस्थितिमा मंगोल राष्ट्रवादसम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।अथितीहरुमा मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना मगर हुनुहुन्थ्यो ।
कार्यक्रमका अतिथि रानाले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो। प्रशिक्षकज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की,कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो।उक्त प्रशिक्षण प्रश्चात् चन्द्र बहादुर थापा मगरको अध्यक्षतामा ११ सदस्यीय मंगोल नेसनल अर्गनाइजेसन,भिमाद नगर सभा पुनर्गठन भएको थियो। सदस्यहरुमा क्रमश:खुम बहादुर थापा मगर, विष्णु बहादुर थापा मगर, लिलु बहादुर थापा मगर, जित बहादुर थापा मगर, देउ बहादुर थापा मगर, मेरिना थापा मगर, अंशु राना मगर , कुल बहादुर थापा मगर र मनिष थापा मगर हुनुहुन्थ्यो । मंगोल नेशनल अर्गनाइजेसन, शुक्ला गण्डकी नगर सभाका कोषाध्यक्ष  मधुकर थापा मगरले स्वागत मन्तव्य र मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका सचिव सुस्मा आले मगरले कार्यक्रम संचालन गर्नुभएको थियोे।

प्रतिक्रिया