निर्वाचनलाई मध्यनजर गर्दै .एम.एन.ओ.,जिल्ला सभा झापाले थाल्यो मिसन 'M'

Gurkhas Online Tv
Gurkhas Online Tv७ भदौ २०७९, मङ्गलवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका

झापा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले यतिबेला जिल्लाब्यापी रुपमा घरदैलो अभियान, अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाइरहेको छ । यो अभियानलाई एम.एन.ओ. झापाले मिसन 'M' मंगोल जागरण अभियान नाम दिएको छ ।

1 अगस्ट ,2022सोमवारका दिन बसेको नियमित बैठक बाट एम.एन.ओ. झापा जिल्ला सह-सचिव भरत राई को संयाेजकत्वमा  मिसन टाेलि गठन भएको हो । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचनमा गणीतीय नतिजा हात पार्ने र संगठनलाई मजबुत बनाउने
उद्देश्यका साथ हाल झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा मिशन "M" लाई आगाडी बढाइरहेको संयोजक भरत राईले बताउनु भयो ।

अगष्ट 15 बाट सुरु भएको मिसन 'M' मा एम.एन.ओ. १नं. प्रान्तीय सभा सदस्य राजेन्द्र चेम्जोङ, जिल्ला अध्यक्ष बानिरा मेचे, सचीव सागर दर्जी, सदस्यहरु राम वि.क, बुद्धहाङ फुरुम्बो, चन्द्रहाङ लिङ्खिम, गौरादह नगर अध्यक्ष नवीन लिम्बू, सचिव सञ्जय लिम्बू, सदस्यहरु विशाल राई, विक्रम कुरुङफोङ, भिम देवान लगायतको टोली रहेको थियो ।

मिशन "M" को यो पहिलो चरण एक हप्ता सम्म रहेको र यो अभियान निरन्तर रुपमा जारी रहनुका साथै झापा जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा संगठन विस्तार गर्नु यसको उद्देश्य रहेको जिल्ला अध्यक्ष बानिरा मेचेले जानकारी दिनुभयो ।

जिल्ला सभा झापा ले थाल्यो मिसन ' M'

 

facebook sharing button

twitter sharing button

messenger sharing button

प्रतिक्रिया