मंगाेल नेशनल अर्गनाईजेशन लुम्बिनी प्रान्तिय सभाकाे दाेस्राे ऐतिहासिक अधिवेशनको मुलआयोजक सभाको बैठक बुटवलमा सम्पन्न भएको छ ।

Gurkhas Online Tv
Gurkhas Online Tv९ भदौ २०७९, बिहिवार

बैठकको क्रममा खिचिएको तस्बिर

बुटवल/मंगाेल नेशनल अर्गनाईजेशन लुम्बिनी प्रान्तिय सभाकाे दाेस्राे ऐतिहासिक अधिवेशनको मुलआयोजक सभाको बैठक बुटवलमा सम्पन्न भएको छ ।   मंगाेल नेशनल अर्गनाईजेशन लुम्बिनी प्रान्तिय सभाकाे दाेस्राे ऐतिहासिक अधिवेशनको मुलआयोजक सभाका संयोजक दिपक थापा मगरको सभाधक्ष्यतामा र एम.एन.ओ.का  मुलसचिव थमन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा   दिनाङ्क  २०७९ भदौ ६ गते तदानुसार 22nd, Aug., 2022 को दिनमा बुटवल जिल्लाको बुटवल मगर महिला भवनमा दिनाङक २०७९ असोज ०३ तदानुसार 19th Sep, 2022मा हुन गईरहेको अधिवेशन र २०७९ मंसिर ०४ मा हुने निर्वाचन सम्बन्धि वृहतरुपमा छलफल गरेर सान्दर्भिक कुराहरूको निर्णय गरेर बैठक सम्पन्न गरिएको हो।  यसै गरि उक्त बैठकमा सल्लाहकारका रुपमा अतिथीहरु  केन्द्रीय सर्वाेच्च सभाका सदस्य कल्पना थापा मगर, केशु रास्काेटी मगर , केन्द्रीय अनुशासन विभागका सदस्य लाल बहादुर दर्लामी मगर, केन्द्रिय सदस्य राज बहादुर छन्त्याल , भिम बहादुर राना, विष्णु माया राना, बुधमाया थापा मगर रहनु भएको थियो । उक्त बैठक पदम थापा मगरले  संचालन गर्नु भएको थियो । उक्त बैठकबाट निकै महत्वपुर्ण एजेण्डा मा बृहत् छलफल भई निर्णयहरु भएका छन्। गुल्मीमा सम्पन्न हुन गइरहेको उक्त अधिवेशनको लागि विभिन्न विभाग गठन गरिएका छन् ।प्रचार प्रसार विभागका संयोजकमा सुदिप थापा मगर,अतिथि व्यवस्थापन तथा संस्कृतिक विभागको संयोजकमा टाेप खाम्चा मगर, स्वयमसेवक व्यवस्थापन विभागका संयोजकमा सन्त ब. वि.क.,खाना नास्ता व्यवस्थापन विभागका संयोजकमा खिल ब. गाहा,यातायात व्यवस्थापन विभागका संयोजकमा पदम ब. थापा मगर र अार्थिक विभागका संयोजकमा नेत्र ब गुरुङ , अन्य सदस्यहरुमा दिपक थापा मगर, सचिव जनप्रसाद मिदुन र पदम ब. थापा मगर रहनुभएको छ ।

प्रतिक्रिया