देवदह नगरपालिकाको वडा न.-५ मा एकदिने मंगोल प्रशिक्षण तथा वडा सभाको पदपूर्ति कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv९ भदौ २०७९, बिहिवार

\Devdaha- Municipality -ward 5

रुपन्देही /मंगोल नेशनल अर्गनाइजेशन देवदह नगर अन्तर्गत वडा न.-५, वडासभाको आयोजनामा देवदह नगरपालिका वडा न.- ५ आर्दश टोलमा एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण साथै वडा सभा पदपूर्ति कार्यक्रम आज दिनाङ्क २०७९ भदौ ८ तदानुसार 25th Aug., 2022मा सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन.ओ. वडा न. ५ वडा सभाका  अध्यक्ष होम बहादुर थापा मगरको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सभाका सदस्य बिष्णुमाया रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथि साथै प्रशिक्षक देवदह नगर सभाका अध्यक्ष सृजना गुरुङ रहनुभएको थियो ।


उक्त कार्यक्रमकै विच एम.एन.ओ., देवदह वडा-५,वडा सभाको पुनर्गठन भएको छ । अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, प्रचारप्रसार सचिवमा क्रमश होम बहादुर थापा , ओमकाजी गुरुङ , कल्पना बि क , पुर्निमा थापा, फुलमाया गुरुङ, सुने पुन, बुधे , शिब कुमारी थापा , लक्ष्मी बि क ,उमा थापा ,दल बहादुर थापा गरी ११जनाको कार्यसमिति चयन भएको छ । लोक समुदायहरुको उपस्थिती सहित  सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सभाका सचिव ओमकाजी गुरुङले राख्नु भएको थियो भने देवदह नगर सभाका कोषाध्यक्ष मन्जु गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया