समानुपातिक निर्वाचनमा सहभागी हुन एम.एन.ओ.ले गरायो दल दर्ता ।

Gurkhas Online Tv
Gurkhas Online Tv१० भदौ २०७९, शुक्रवार

मंगोल भिजनको ई.पत्रीका

काठमाण्डु/आसान्न प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्बाचनमा सहभागी हुन मंगोल नेशनल अर्गनाइजेशनले  निर्बाचन आयोगमा आफ्नो दल दर्ता गराएको छ ।
निर्बाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचनको समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीति दलहरु लाई निर्बाचन प्रयोजनको निम्ति दल दर्ताको लागि भदौ १० देखि १२ गते सम्मको समय तोकि दिए पछि एम एनओले दल दर्ता गराएको सगठनका केन्द्रिय प्रवाक्ता दिलिप धिमालले बताउनु भयो । धिमालका अनुसार सगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको नेतृत्वमा बिहीबार भदौ १० गते कान्तीपथमा रहेको निर्बाचन आयोगमा दल दर्ता गराएको छ । टोलिमा केन्द्रिय प्रवक्ता दिलिप धिमाल , केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बू , केन्द्रिय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङ , केन्द्रीय सदस्यहरु मंगोल भक्त खपाङी , सोम गुरुङ , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ , सचीव कुमार तामाङ , कोषाध्यक्ष सालिक थापा , सदस्यहरु सन्तोष कुमार तामाङ , लम्जुङ जिल्ला अध्यक्ष बिकास गुरुङ , प्रबास सभा हङकङ अध्यक्ष कुमार गुरुङ , गोर्खा जिल्ला सभा सदस्य नवीन गुरुङ , नुमा घले , नुवाकोट जिल्ला सभा सदस्य सुरेन्द्र तामाङ , काभ्रे जिल्ला सदस्य चन्द्र तामाङ लगायत सहभागी रहनु भएको थियो ।
यस अघि आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचनमा भाग लिन चाहने दलहरु लाई निर्बाचन प्रयोजनको निम्ति दल दर्ता गर्न आह्वान गरेको थियो । एम एनओले पनि त्यसको निम्ति पनि दल दर्ता गराइ सकेको छ ।

प्रतिक्रिया