प्रथम ऎतिहासिक एम.एन.ओ., शुक्लागण्डकी नगर अधिवेशन सेप्टेम्बरमा ।

Gurkhas Online Tv
Gurkhas Online Tv११ भदौ २०७९, शनिवार

प्रथम ऎतिहासिक एम.एन.ओ., शुक्लागण्डकी नगर अधिवेशन सेप्टेम्बरमा ।

तनहुँ /प्रथम एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन शुक्ला गण्डकी  नगर अधिबेशनको खुला घोषणा सभा सेप्टेम्बरमा हुनगइरहेको छ ।
दिनाङ्क २०७९/०५/१०  तदानुसार 26th Aug.,2022 को दिनमा मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर  सभाका पुर्व अध्यक्ष प्रताप राना मगरको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर सभा विघटन पश्चात्  पुर्वअध्यक्ष  राना मगरकै संयोजकतामा प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर अधिवेशनको मुल आयोजक सभा गठन भएको हो। यसरी दिनाङ्क भदौ २८, २०७९ तदानुसार सेप्टेम्बर १३ मा सम्पन्न हुन गइरहेको उक्त एम.एन.ओ. शुक्ला गण्डकी नगर अधिवेशनको खुल्ला सभामा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय नेताहरु तथा विभिन्न जिल्लाका नेताहरुको उपस्थिती  रहने जानकारी संयोजक रानाले गराउनुभएको छ ।साथै प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर अधिवेशन खुल्ला घोषणा सभा भव्य र सभ्यरुपमा सफल पार्नको निमित्त स्वदेश तथा विदेशमा रहनुहुने महानुभावहरुमा मुलआयोजकले सभा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया