अल्पआयुमै अस्ताए एम.एन.ओ.का कर्तव्यनिष्ठ कार्यकर्ता

Gurkhas Online Tv
Gurkhas Online Tv१५ भदौ २०७९, बुधवार

तस्बिर : मृतक ज्ञान बहादुर मुखिया(सुनुवार)

तेजेन्द्र लिम्बू,इलाम/ मंगोल नेशनल अर्गनाइजशन सुर्योदय न.पा.-०२, वडा सभाका वडा सदस्य ज्ञान बहादुर मुखिया (सुनुवार)को अल्पआयुमै असमायिक निधन भएको छ । 
ईलाम जिल्ला सुर्योदय नगरपालिका वडा न.-०२, पशुपति नगर निवासी मंगोल नेशनल अर्गनाइजेसनप्रती पुर्ण कर्तव्यनिष्ठ तथा एक कुशल कार्यकर्ता सुनुवारको जन्म माता दिल्ली माया सुनुवार र पिता अगम प्रसाद सुनुवारको घरमा वि.सं.२०३४ साल जेठ ४ गते भएको थियो भने उहाँको देहावसान वि.स.२०७९ भदौ १३ गते तदानुसार २९ अगष्ट, २०२२ मा भएको हो । उहाँको अन्त्येष्टि कार्यक्रममा ईलाम जिल्लामा रहनुहुने केन्द्रिय, प्रदेश तथा स्थानीय स्तरका मंगोल नेशनल अर्गनाइजेशका नेता तथा कार्यकर्ताहरु उपस्थित हुनुभएका थिए। उक्त समयमा नै एम.एन.ओ.का नेताहरुद्वारा शोक सभा अनौपचारिकरुपमा आयोजना गरि मृतकका परिवारलाई धैर्य र धारणाको लागि शक्ति मिलोस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए। मृतकको पार्थिव शरिरमा एम.एन.ओ.का नेताहरुद्वारा संगठनको झण्डा समेत ओढाएर अन्तिम विदाईको जै मंगोल स्यालुटका साथ एम.एन.ओ.को लागि गर्नुभएको  योगदानको कदर गर्नुभएको थियो  साथै एक असल  मंगोल कार्यकर्ताको निधनले एम.एन.ओ. का नेता तथा कार्यकर्ताहरु र शुभचिन्तकहरु स्तब्धहुनुभएको पनि उपस्थित नेताहरूले बताउनुभयो ।

प्रतिक्रिया