झापाको हल्दिबारीमा एकदिने मंगोलराष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv१५ भदौ २०७९, बुधवार

कार्यक्रमसम्पन्न पश्चात् अतिथीहरु र आयोजक टिमको सामुहिक तस्बिर

झापा/ हल्दिबारीमा बृहत् लोकसमुदायको उपस्थितीमा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न । 
दिनाङ्क २०७९ भदौ १५ गते तदानुसार ३१ अगष्ट, २०२२ का दिनमा झापा जिल्लाको हल्दिबारी गाउँपालिका वडा न.-०५, जलथलमा दुरेन लिम्बुको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन विर्तामोड नगर सभाका अध्यक्ष याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एकदिने मुलवासी मंगोल राष्ट्रवादसम्बन्धि प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सौहार्दपुर्ण वातावरणमा  सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको विशिष्ट अतिथीमा बालकुमार राई हुनुहुन्थ्यो  । उक्त कार्यक्रममा आमन्त्रित अतिथीहरुले महत्त्वपूर्ण विषयवस्तुमा आफ्ना मन्तव्य राख्नुभएका थिए र कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले ईतिहासका पक्ष र राजनीतिलाई जोडेर प्रशिक्षण प्रदान गर्नुभएको थियो । उपस्थित लोकसमुदायहरु पनि आफ्नो अस्तित्व चिनेर खुसी हुँदै आसन्न निर्वाचनमा एम.एन.ओ.को चुनाव चिन्ह कुखुराको भालेमा नै भोट दिने वाचा गर्दै गएका थिए । 
यसरी अत्यन्तै प्रभावकारी ढंगले दिईएको उक्त प्रशिक्षणको संचालन भने  कृष्ण कुमार राईले गर्नुभएको थियो ।

प्रतिक्रिया