इलामबाट लड्नुहुँदै चुनाव,मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट मेचे

Gurkhas Online Tv
Gurkhas Online Tv१६ भदौ २०७९, बिहिवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको ई-पत्रीका

ईलाम / मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचे  आउदो  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचनमा इलाम जिल्ला बाट लडने हुनु भएको छ । 
बुधबार भदौ १५ गते इलाम सदरमुकाम इलाम बजारमा रहेको  जिल्ला सभाको कार्यलयमा बसेको नियमित जिल्ला बैठकले उहाको नाम सर्बसहमतिले पारित गर्दै उहालाइ प्रतिनिधि सभा  क्षेत्र नं. १ बाट उठाउने निर्णय गरिएको  जिल्ला सभा इलामका अध्यक्ष गङा राज  तामाङले बताउनु भयो । तामाङका  अनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ बाट संगठनका केन्द्रीय प्रचार सचिब मणि पापो लिम्बूले उम्मेद्बारी दिनु हुने छ भने क्षेत्र नं.- १ को प्रदेश सभा सदस्यमा( क ) बाट केन्द्रिय सदस्य रेणुका ह्यल्मो र (ख) बाट अर्का केन्द्रीय सदस्य  राजन चाम्लिङले उम्मेद्बारी दिनु हुने छ । त्यस्तै क्षेत्र नं.- २ प्रदेश सभा  (क)  सुर्य बहादुर तामाङ र 
(ख)  जितबहादुर ओजि ले उम्मेद्बारी दिनु हुने छ । 
इलाम जिल्ला मंगोल नेशनल अर्गनाइजेशनको पकट जिल्ला हरु मध्य एक जिल्ला हो । संगठनका सस्थापक महामानव युग पुरुष ड गोपाल गुरुङले यहि जिल्ला बाट मंगोल राष्ट्र बादको थालनी गर्नु भएको थियो ।  संगठनलाई निर्बाचन आयोगले दर्ता नदिदा उहा इलाम बाटै स्वतन्त्र उमेदवार बनेर चुनाबमा सहभागी हुने गर्नु भएको थियो भने २०६४ सालमा संगठनले दर्ता पाए पछि भएको पहिलो संविधान सभाको निर्बाचन क्षेत्र ३ बाट संगठनको तर्फ बाट उम्मेद्बारी दिनु भएको थियो । अहिले इलाममा २ वटा  प्रतिनिधि सभा निर्बाचन  क्षेत्र बनाइएको छ ।  
जिल्ला सभा इलामका अध्यक्ष   गंगराज योन्जन तामाङको अध्यक्षता र संगठनका केन्द्रिय प्रचार सचिब मणि पापो लिम्बुको प्रमुख आतिथ्यता र केन्द्रीय अनुशासन सभा संयोजक गणेश चाम्लिङको बिशिस्ट आतिथ्यतामा सम्पन्न बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचनमा के कस्तो रणनीति बनाएर जाने भन्ने बारेमा व्यापक छलफल भएको थियो । बैठकमा १ न  प्रान्तीय सभाका सदस्य लासिमहाङ लिम्बुको पनि उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया