झापाका सबै क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दिने

Gurkhas Online Tv
Gurkhas Online Tv१६ भदौ २०७९, बिहिवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको फेसबुक पेज

झापा/आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनले झापाको सबै निर्बाचन क्षेत्रमा उम्मेद्बारी दिने भएको छ । 
   हालै जिल्ला सभा झापाको आयोजनामा सम्पन्न भएको एक बैठकले आसन्न चुनाबमा क - कसलाई उमेदवार बनाउने भन्ने बारेमा व्यापक छलफल गर्दै उम्मेद्बारी छनोट गरेको जिल्ला अध्यक्ष बानिरा मेचेले बताउनु भयो । उहाका अनुसार ५ वटा प्रतिनिधि सभा निर्बाचन क्षेत्र रहेको झापामा सबै ठाँउ बाट संगठनले उम्मेद्बारी दिने तय भएको छ । जसमा १ न क्षेत्र बाट संगठनका केन्द्रीय सचिब सन्तोष तामाङलेले उम्मेद्बारी दिनु हुने छ भने २ न बाट केन्द्रीय सदस्य अककल तामाङ , ३ न बाट केन्द्रीय सदस्य स्याम लिम्बू , ४ बाट केन्द्रीय प्रवक्ता दिलिप धिमाल र ५ बाट केन्द्रीय सदस्य सान बहादुर मेचेले उम्मेद्बारी दिनु हुनेछ  । त्यस्तै बैठकले प्रदेश सभा सदस्य निर्बाचनको लागि पनि उमेदवार छनोट गरेको छ । १ न को क मा प्रान्तीय सभा सचिब सागर राई ख मा मोहनसिह लिम्बू , २ न को क मा देब नारायण धिमाल , ख मा मंगलसिह लिम्बू , ३ को क मा लासिमहाङ लिम्बू , ख मा याम श्रेष्ठ , ४ न को क मा भरत राई , ५ न को क मा राजेन्द्र चेम्जोङ र ख मा राम लाई राई ले उम्मेद्बारी दिनु हुने छ ।

प्रतिक्रिया