मंसिर ४गते हुने निर्वाचनका लागि पान्थर जिल्लामा एम.एन.ओ.ले गर्‍यो उम्मेदवार घोषणा

Gurkhas Online Tv
Gurkhas Online Tv१६ भदौ २०७९, बिहिवार

Reported by Laasim Hang Limbu

पान्थर/प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पान्थर जिल्लामा एम.एन.ओ.का उम्मेदवार घोषणा 
भएको छ । 
दिनाङ्क २०७९ भदौ १६ गते तदानुसार 1st September, 2022 का दिनमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभाका अध्यक्ष राम तुम्रुकको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय प्रचारप्रसार सचीव मणि पापो लिम्बुको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य दिनेश गुरुङको विशिष्ट आतिथ्यता रहेको बैठकबाट पान्थर जिल्लाबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनुहुने मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारहरुको घोषणा भएको हो । 
पान्थर जिल्लाको प्रतिनिधि सभामा उम्मेदवारी दिनुहुने राम तुम्रुक हुनुहुन्छ भने प्रदेश 'क' बाट उम्मेदवारी दिनुहुने मनकुमार गुरुङ र 'ख' बाट भने बल बहादुर गुरुङ हुनुहुन्छ । 
उक्त बैठकमा सल्लाहकार तथा अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेशन प्रदेश न.१ का सदस्य लासिमहाङ मंगोल उपस्थित हुनुभएको थियो। उक्त बैठकमा आमन्त्रित सम्पुर्ण अतिथिहरुले निर्वाचनसम्बन्धि विशेष रणनिती र कुटनैतिक विषयवस्तुलाई जोड दिदै चुनावलाई मध्य नजर गर्दै एम.एन.ओ.ले राम्रो नतिजा ल्याउने तरिकाले बौद्धिक तवरले निर्वाचनको लागि विशेष तयारी गर्नुपर्ने समेत बताएर आ-आफ्ना शुभकामना मन्तव्य राखेर सल्लाह तथा सुझाव पनि दिएका थिए । बैठकको  संचालन एम.एन.ओ.,  पान्थर जिल्ला सचिव जल कुमार गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया