MNO-DGG जिल्ला सभा रुपन्देहीका सम्पुर्ण पदाधिकारीहरु मुलघर MNO मा हर्षोल्लासका साथ प्रवेश

Gurkhas Online Tv
Gurkhas Online Tv१८ भदौ २०७९, शनिवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको फेसबुक पेज


रुपन्देही/ दिनाङ्क २०७९ भदौ१७ गते तदानुसार 2nd सेप्टेम्बर, 2022 का दिनमा बुटवलकाे बेस क्याम्प, रामनगरस्थित बाैद्ध गुम्बामा आयाेजित कार्यक्रममा मंगाेल नेशनल अर्गनाईजेश-डि.जि.जि जिला सभा रुपन्देही र त्यसका भातृसंगठनमा भएका   विभिन्न पदाधिकारीहरु सहित ३९ जना मंगाेल नेशनल अर्गनाईजेशन(MNO) मा प्रवेस गरेका छन्। उक्त प्रवेश  कार्यक्रममा एम.एन.अाे केन्द्रिय मुलसचिव थम्मन बुढामगरले प्रशिक्षण दिनु भएकाे थियाे । प्रशिक्षणसंगै मुलसचिव मगरले ड.गाेपाल गुरुङद्वारा प्रतिवादित मंगाेलवाद दर्शन र त्यसका मुलभुत सिद्धान्तहरु तथा एम.एन.अाे.काे स्थापनाकाे पृष्ठभुमी, अाधार र अावश्यक्ताका विषयमा प्रष्ट पार्नु भएकाे थियाे। प्रशिक्षण पश्चात् एम.एन.अाे.- डि.जि.जिमा रहनु भएका  रुपन्देही जिल्ला सभाका अध्यक्ष रहेका शेर बहादुर थामी मगर, सचिव श्याम राना मगर, सहसचिव फत्त बहादुर राना, काेषाअध्यक्ष दुर्गा बहादुर थापा मगर लगायत जिल्ला युवा माेर्चा, महिला माेर्चा र मजदुर माेर्चा गरि ३९ जनाले एमएनअाे- डि.जि.जि त्यागी एम.एन.अाे.मा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरु मध्यका श्याम रानाले अाफुहरु भ्रममा परेकाे, युटुब, फेसबुक जस्ता सामाजिक संजालमा MNO का विविध नेताहरुको प्रशिक्षण तथा भाषणबाट प्रभावित भएर एम.एन.अाे मा प्रवेश गर्न चाहेकाे तर जीवन मंगाेल भन्ने गलत व्यक्तिसंग सम्पर्कमा अाई डि.जि.जि जिल्ला सभा गठन गरिएकाे भनी जानकारी गराएका थिए। साथै एमएनअाे- डि.जि.जि मा रहदा एम.एन.ओ.का नेताहरु जोद्वारा प्रभावित भएका थिए ती प्रशिक्षणमा नदेखेर साेध्दा अाउनुहुन्छ भन्दै झुक्काएकाे भनी श्याम रानाले बताउनु भएकाे थियाे। एमएनअाेमा प्रवेश गरेका ३९ जना मध्य ७ जनालाई जिल्ला सभा रुपन्देही र अन्यलाई सम्बन्धित वडा सभा भए वडा सभामा नभएकाे भए गठन गरेर उक्त सभामा मुलबासी मंगाेल जगाउने कार्य गर्ने जिम्मेवारी दिदै कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक थम्मन बुढा मगरले जानकारी गराउनु भयाे। उक्त कार्यक्रम एम.एन.अाे जिल्ला सभा रुपन्देहीका अध्यक्ष प्रेम अधईकाे अध्यक्षतामा, एम.एन.अाे. केन्द्रीय सभा मुलसचिव थम्मन बुढा मगरकाे प्रमुख अतिथ्यतामा, एमएनअाे केन्द्रीय सर्वाेच्च सभाका सदस्य कल्पना थापामगरकाे विशिष्ट आतिथ्यतामा,अनुशासन विभाग सदस्य लाल बहादुर दर्लामी, केन्द्रिय सदस्यहरु भिम राना मगर, राज बहादुर छन्त्याल,विष्णु कुमारी राना, बुधमाया थापाकाे अातिथ्यतामा, दोस्रो ऎतिसाहासिक मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्तिय सभाको अधिवेशनको मुलआयोजक सभाका संयोजक दिपक थापा मगर र सदस्य देब ब. गुरुङ लगायतकाे अातिथ्यतामा सम्पन्न गरिएकाे थियाे।

प्रतिक्रिया