देवदह नगर वडासभा ७ मा एकदिने मंगोल राष्ट्रवादसम्बन्धी  प्रशिक्षण तथा वडा सभाकोपुर्नगठन कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv१८ भदौ २०७९, शनिवार

देबदह नगरसभा वाड न.७

रुपन्देही /
मंगोल नेशनल अर्गनाइजेशन देवदह नगरसभा द्दारा आयोजित १ दिने मंगोल राष्ट्रवादसम्बन्धी  प्रशिक्षण तथा वाड न.७ पुर्नगठन कार्यक्रम आज मिति २०७९ भदौ १८ गते शनिबार देवदह नगरपालिका वडा न ७ हिलेटोलमा सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ.देवदह नगरसभाका अध्यक्ष सृजना गुरुङको सभाध्यक्षतामा र  एम. एन.ओ.लुम्बिनी प्रदेश सभाका सदस्य देबराज गुरुङको प्रमुख आतिथ्यतामा रहेको थियो ।

उक्त कार्यक्रमकै विच एम.एन.ओ.देवदह नगरको  वडा( ७ न.वडा  सभाको पुनर्गठन भएको छ जस्मा अध्यक्ष, सचिव,  कोषाध्यक्ष,सहसचिव, प्रचारप्रसार सचिव,सदस्य क्रमश दिल बहादुर गुरुङ, रिसी गुरुङ ,देउ कुमारी गुरुङ, आकृती गुरुङ,दिपक सुनार, लक्ष्मण नेपाली,सन्तोष सुनार, भारती राना, सुजन गुरुङ,रोहित परियार, प्रेम कुमारी बि.क, देब सारु, आयुष आले ,समर बहादुर बि.क, लेक बहादुर बि.क ,बिर्जु थापा मगर गरी १६जनाको कार्यसमिति चयन भएको छ ।उक्त्त कार्यक्रमका प्रमुख अतिथिज्युले प्रशिक्षण सँगसँगै चयन हुनुभएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

लोक समुदायहरुको उपस्थिती सहित  सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नगर सभाका  सचिव अनिल गुरुङले राखेको थियो भने उक्त्त कार्यक्रम सञ्चालन देवदह नगर सभाका सह-सचिव डम्बर राना मगरले  गरेका थिए ।

प्रतिक्रिया