गोरखा जिल्लामा एम.एन.ओ.ले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि गर्यो उम्मेदवार चयन

Gurkhas Online Tv
Gurkhas Online Tv१८ भदौ २०७९, शनिवार

तस्बिर : प्रमुख अतिथीद्वारा बैठकको उद्घाटन गरिदै

गोरखा/मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ.)को तर्फबाट गोरखा जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुको घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

दिनाङ्क २०७९ भदौ १८ तदानुसार 3rd सेप्टेम्बर, 2022 का दिनमा एम.एन.ओ., जिल्ला सभा गोरखाका अध्यक्ष गंगा राना मगरको सभाधक्ष्यता र संगठनका केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा गोरखाबजारस्थित जिल्ला सभा गोरखाको कार्यालयमा सम्पन्न जिल्ला सभाको बैठकबाट मंसिर ४ मा सम्पन्न हुनगइरहेको चुनावका लागि उम्मेदवारहरुको घोषणा भएको हो । वृहत छलफल पश्चात् उक्त बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गोरखा क्षेत्र नं:१ बाट देव बहादुर थापा र प्रदेश 'क' मा गंगा राना मगर र "ख" मा शरद गुरुङको उम्मेदवारी रहने टुङ्गो लगाएको छ।  यसरी नै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा सोम बहादुर गुरुङ चयन हुनुभएको छ भने प्रदेश "क" मा अनिता बराम गुरुङ र "ख" मा मान बहादुर गुरुङको उम्मेदवारी रहने भएको छ।

 उक्त बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा के कस्तो रणनीति बनाएर जाने र नतिजा आफ्नो पोल्टोमा कसरी पार्ने भन्ने बारेमा व्यापक छलफल भएको थियो । 
सभ्य र भव्यरुपमा विविध विषयवस्तुमाथि छलफल र निर्णय भएको  बैठकमा एम.एन.ओ.गण्डकी प्रदेशका सदस्य मंगल सि.गुरुङ विशिष्ट अतिथी  र गण्डकी प्रदेशका सल्लाहकार देव थापा मगर अतिथी रहनुभएको थियो भने कार्यक्रममा जिल्ला सभा गोरखाका कोषाध्यक्ष नेम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै जिल्ला सचिव कृष्ण कुमारी घले श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया