धादिङमा मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण तथा सभा गठन कार्यक्रम सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv१९ भदौ २०७९, आइतवार

कार्यक्रमपश्चात् अतिथीहरुका साथ आयोजक टिमको सामुहिक तस्बिर

धादिङ/सालिकराम थापा मगर 

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा मंगोल राष्ट्रवा सम्बन्धी एकदिने प्रशिक्षण साथै गल्छी गाउँ सभा गठन कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न  भएको छ ।
दिनाङ्क २०७९ भदौ १८ तदानुसार 3rd सेप्टेम्बर, 2022 का दिनमा धादिङको मछाडी बजारमा जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज गुरुङको सभाधक्ष्यतामा र संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य एवम् कार्यलय सचिव रिन्चेन तामाङको प्रमुख आतिथ्यतामा उक्त एकदिने मंगोल मुलवासी मंगोल राष्ट्रवादसमबन्धी एकदिने प्रशिक्षण पश्चात् गठन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथी बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष सालिक मगर  रहनु भएको थियो भने अतिथीहरुमा बाग्मती प्रान्तीय सभाका सदस्य एवम्  मंगोल गायक सन्तोष कुमार तामाङ र गाउँपालिका अध्यक्षहरु टासी लामा, कृष्ण तामाङ, सागर तामाङ रहनुभएको थियो ।  उक्त कार्यक्रममा जिल्ला सभा धादिङका कोषाध्यक्ष वीर ब तामाङ ,प्रचार सचिब मिसाङ तामाङ ,जिल्ला सदस्य सुनिल तामाङ ,बुद्धिमान तामाङ ,टुस्ना लामा ,सक्त तामाङ , राजु पाखृिन तामाङ , स्याम तामाङको समेत उपस्थिती रहेको थियो ।
गठन कार्यक्रमले बिक्रम तामाङको अध्यक्षतामा १३ सदस्य गल्छी गाउपालिका  सभा निर्माण गरेको छ ।  गठित गाउपालिका सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
 कार्यक्रममा प्रमुख अतिथि रिन्चेन तामाङले आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कसरी जित हासिल गर्न सकिन्छ र रणनीति कुटनैतिक बनाएर अघि बढ्नुपर्ने विषयमा प्रष्ट्याउनुभयो सबै नेता कार्यकर्ताहरुलाई आजै देखि गाउबस्तीम्व्क पुगि चुनावी अभियानमा लाग्न अनुरोध गर्नु भयो र विशिष्ट अतिथि सालिक मगर,सन्तोष कुमार तामाङ  जिल्ला अध्यक्ष धर्मराज गुरुङ ,वीर बहादुर तामाङ ,स्याम तामाङ  लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । जिल्ला सभाका प्रचार सचिव मिसाङ तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्ला सभाका सहसचिव चमन तामाङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया