मंगोल युवा नेता थापा एम.एन.ओ.को तर्फबाट गोरखा क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भिड्दै

Gurkhas Online Tv
Gurkhas Online Tv१९ भदौ २०७९, आइतवार

तस्बिर : देव थापा मगर

गोरखा/मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगर आउदो  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा गोरखा जिल्लाको क्षेत्र न.१ बाट लडने हुनु भएको छ । 
दिनाङ्क २०७९  भदौ १८ गते तदानुसार ३ सेप्टेम्बर, २०२२ का दिनमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको  गोरखा जिल्ला सभाको कार्यलयमा बसेको नियमित जिल्ला बैठकले उहाको नाम सर्वसहमतिले पारित गर्दै उहालाइ प्रतिनिधि सभा  क्षेत्र नं. १ बाट उठाउने निर्णय गरिएको  जिल्ला सभा गोरखाका अध्यक्ष गङ्गा राना मगरले बताउनु भयो ।

पाँच वर्ष पहिले स्थानीय निर्वाचन २०७४मा सहिद लखन गाउँपालिकाको गाउँ प्रमुख पदका प्रत्यासी थापा एम.एन.ओ.को गाउँ सभादेखि राजनैतिक यात्रा सुरु गरि गोरखा जिल्लाको अध्यक्ष  हुँदै गण्डकी प्रदेश सभाको सचीव पदमा रहेर समेत  कार्यभार सफलताका साथ निभाउनुभएको एक कुशल व्यक्तित्व भएको र मुलवासी मंगोल मुक्ती साथै यो राष्ट्र नेपालको लागि मर्न पनि पछि नहट्ने व्यक्ती हुन् त्यसकारण सर्वसम्मतले उहाँलाई निर्वाचनका लागि उम्मेदवार चयन गरिएको कुरा उहाँका साथीभाइ तथा कार्यकर्ताहरुले बताउनुभयो ।

यसरी नै क्रमशः प्रदेश 'क' मा गंगा राना मगर र "ख" मा शरद गुरुङको उम्मेदवारी रहने टुङ्गो लगाएको छ।  यसरी नै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा सोम बहादुर गुरुङ चयन हुनुभएको छ भने प्रदेश "क" मा अनिता बराम गुरुङ र "ख" मा मान बहादुर गुरुङको उम्मेदवारी रहने भएको छ।

 उक्त बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा के कस्तो रणनीति बनाएर जाने र नतिजा आफ्नो पोल्टोमा कसरी पार्ने भन्ने बारेमा व्यापक छलफल भएको थियो । 

प्रतिक्रिया