धादिङमा मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको गर्यो घोषणा

Gurkhas Online Tv
Gurkhas Online Tv२० भदौ २०७९, सोमवार

उम्मेदवार घोषणा कार्यक्रमका क्रममा लिइएको तस्बिर

धादिङ/ सालिकराम थापा मगर

मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ.)को तर्फबाट धादिङ जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुको घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

दिनाङ्क २०७९ भदौ २० तदानुसार 5 सेप्टेम्बर, 2022 का दिनमा एम.एन.ओ., जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज गुरुङको सभाधक्ष्यता र संगठनका केन्द्रिय सर्बोच्च सभाका सदस्य तथा कार्यालय सचिब रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा धादिङबजारस्थित जिल्ला सभा धादिङको कार्यालयमा सम्पन्न जिल्ला सभाको बैठकबाट मंसिर ४ मा सम्पन्न हुनगइरहेको चुनावका लागि उम्मेदवारहरुको घोषणा भएको हो । वृहत छलफल पश्चात् उक्त बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि धादिङ क्षेत्र नं:१ बाट रिन्छेन तामाङ   प्रदेश 'क' मा धर्मराज तामाङ र "ख" मा आलोक मगरको उम्मेदवारी रहने टुङ्गो लगाएको छ।  यसरी नै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा धनमाया तामाङ चयन हुनुभएको छ भने प्रदेश "क" मा सालिकराम थापा मगर  "ख" मा सन्तोष कुमार तामाङको उम्मेदवारी चयन भएको छ।

 उक्त बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा के कस्तो रणनीति बनाएर जाने र नतिजा आफ्नो पोल्टोमा कसरी पार्ने भन्ने बारेमा व्यापक छलफल भएको थियो । 
सभ्य र भव्यरुपमा विविध विषयवस्तुमाथि छलफल र निर्णय भएको  बैठकमा एम.एन.ओ.केन्द्रिय सदस्य धनमाया तामाङ  विशिष्ट अतिथी  र बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष सालिकराम थापा मगर अतिथी रहनुभएको थियो भने कार्यक्रममा जिल्ला सभा धादिङका प्रचार सचिब मिसाङ तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै जिल्ला सभाका सह सचिव चमन तामाङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया