मंगोल युवा नेता रिन्चेन तामाङ एम.एन.ओ.को तर्फबाट धादिङ क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भिड्दै

Gurkhas Online Tv
Gurkhas Online Tv२० भदौ २०७९, सोमवार

तस्बिर: उम्मेदवार रिन्चेन तामाङ

धादिङ/सालिकराम थापा मगर

मंगोल युवा नेता रिन्चेन तामाङ एम.एन.ओ.को तर्फबाट धादिङ क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भिड्दै

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सर्बोच्च सभाका सदस्य तथा कार्यालय सचिब रिन्चेन तामाङ आउदो  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा धादिङ जिल्लाको क्षेत्र न.१ बाट लडने हुनु भएको छ । 
दिनाङ्क २०७९  भदौ २० गते तदानुसार 5 सेप्टेम्बर, २०२२ का दिनमा धादिङ जिल्लाको सदरमुकाम धादिङ बजारमा रहेको  धादिङ जिल्ला सभाको कार्यलयमा बसेको जिल्ला बैठकले उहाको नाम सर्वसहमतिले पारित गर्दै उहालाइ प्रतिनिधि सभा  क्षेत्र नं. १ बाट उठाउने निर्णय गरिएको  जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज गुरुङले बताउनु भयो ।

आज भन्दा १४/१५ बर्ष पहिला महामानव ड . गोपाल गुरुङलाई भेटी सानै उमेर देखि मंगोलको दर्शन बुझेर मंगोल नेशनल अर्गनाइजेशनमा निरन्तर रुपले लाग्नु हुने युवा नेता रिन्चेनन तामाङ सानै उमेरमा राजनितीमा राम्रो छवि बनाएका तामाङलाई देश भरिका मंगोलहरुले राम्रो युवा नेताको रुप्मा चिन्नु हुन्छ ।उहाँ धादिङ जिल्लामा मंगोल दर्शनको जग बसाल्ने पहिलो व्यक्ति  हुनुहुन्छ सानै उमेर देखि राजनितीमा लागेर धादिङमा मंगोलको बिउ छर्ने काम गर्नु भयो। उहाँको मेहेनतले आज धादिङ जिल्ला मंगोलमय भइसकेको छ ।अहिले उहाँ मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभाको सदस्य तथा कार्यालय सचिब समेत भैसकेको छ । उहाले मंगोलहरुको लागि भनेर आफ्नो बाकी जीवन नै मंगोल राष्ट्रवादको लागि संघर्ष गर्छु भनेर भनिसक्नु भएको छ । त्यसकारण सर्वसम्मतले उहाँलाई निर्वाचनका लागि उम्मेदवार चयन गरिएको कुरा उहाँका साथीभाइ तथा कार्यकर्ताहरुले बताउनुभयो ।

यसरी नै क्रमशः प्रदेश 'क' धर्मराज गुरुङ र "ख" मा आलोक मगरको उम्मेदवारी रहने टुङ्गो लगाएको छ।  यसरी नै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा धनमाया तामाङ  चयन हुनुभएको छ भने प्रदेश "क" सालिकराम थापा मगर  "ख" मा सन्तोष कुमार तामाङको उम्मेदवारी रहने भएको छ।

प्रतिक्रिया