तनँहुको भानु नगरपालिकामा एक दिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv१ असार २०७९, बुधवार

तनँहुको भानु नगरपालिकामा एक दिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

तनँहु /मंगोल नेसनल अर्गनाइजेसन भानु नगर सभा तनहुँको आयोजना मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

मिति २०७९/०२/३० तदानुसार 13 June, 2022को दिनमा मंगोल नेशनल अर्गनाइजेसन, भानु नगर सभाका अध्यक्ष भिम बहादुर लामाज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन, केन्द्रीय सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यततामा भानु वडा-३ खहरेमा निम्न पदाधिकारी तथा अन्य महानुभावहरुको उपस्थितिमा सम्पन्न भयो । विशिष्ट अथितिमा मंगोल नेसनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ हुनुहुन्थ्यो। अन्य अथितिमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्य यम गुरुङ , मंगोल नेसनल अर्गनाइजेसन सुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना मगर, २०७९ वैशाख ३०को स्थानीय तह निर्वाचन आबुखैरेनी गाउँ पालिकाका उप अध्यक्ष सोम माया खवास, वडा-३ का महिला सदस्य गौरी माया थापा मगर र वडा-३का वडा सदस्य ईश्वर थापा मगर हुनुहुन्थ्यो । प्रशिक्षकज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, तामाङ, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पस्चत नर बहादुर तामाङज्युको अध्यक्षतामा १५ सदस्यीय सहित मंगोल नेसनल अर्गनाइजेसन भानु वडा-३ वडा सभा गठन भएको थियो। सदस्यहरुमा क्रमश ज्योति तामाङ, भुपाल गुरुङ, दल बहादुर तामाङ, निशा गुरुङ, रमना गुरुङ, मनोज तामाङ, कृष्ण बहादुर गुरुङ , चाम बहादुर गुरुङ , पुर्ण बहादुर तामाङ ,गङ्गा बहादुर तामाङ ,हिरा बहादुर आले, राज विक, गोमा विक र बल राम तामाङ हुनुहुन्थ्यो भने सल्लाहकारहरुमा नरेन्द्र राज गुरुङ , राज बहादुर गुरुङ, दिलधोज गुरुङ र यम बहादुर गुरुङ हुनुहुन्थ्यो ।

स्थानीय निबासी ज्योति तामाङज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सचीव सुस्मा आले मगरज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे

प्रतिक्रिया