लमजुङ जिल्लामा एम.एन.ओ.का तर्फबाट प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुको घोषणा कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२३ भदौ २०७९, बिहिवार

बैठकमा लिईएको जिल्ला सभा पदाधिकारीहरु र अतिथिहरुको सामुहिक तस्बिर

लमजुङ/ कमलराज गुरुङ 

मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ.)को तर्फबाट लमजुङ जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुको घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

दिनाङ्क २०७९ भदौ २१ तदानुसार 6 सेप्टेम्बर, 2022 का दिनमा एम.एन.ओ., जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङको सभाधक्ष्यता र गण्डकी प्रदेश सभाका सदस्य कुलु कुमारी गुरुङको प्रमुख आतिथ्यतामा बेसिशहरस्थित जिल्ला सभा लमजुङको कार्यालयमा सम्पन्न जिल्ला सभाको बैठकबाट मंसिर ४ मा सम्पन्न हुनगइरहेको चुनावका लागि उम्मेदवारहरुको घोषणा भएको हो । वृहत छलफल पश्चात् उक्त बैठकबाट सर्वसहमतले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लमजुङ जिल्लाकै सभाधक्ष्य विकास गुरुङको उम्मेदवारी रहने टुङ्गो लगाइएको हो।  यसरी नै प्रदेश सभा "क" बाट वृष बहादुर तामाङ( टकमान  तामाङ) र प्रदेश सभा "ख" बाट राज गुरुङको उम्मेदवारी चयन भएको छ।
उक्त बैठकमा चयन हुनुभएका सम्पुर्ण उम्मेदवारहरुले आ-आफ्ना अभिव्यक्ती राख्ने क्रममा आफ्ना सहकर्मीहरुबाट पुर्ण सहयोगको अपेक्षा रहेको कुरा बताउनुभयो ।यसरी बैठकमा  आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा के कस्तो रणनीति बनाएर जाने र नतिजा आफ्नो पोल्टोमा कसरी पार्ने भन्ने बारेमा व्यापक छलफल भएको थियो । 
सभ्य र भव्यरुपमा विविध विषयवस्तुमाथि छलफल र निर्णय भएको  बैठकका प्रमुख अतिथी गुरुङले सबैभन्दा पहिले त चयन हुनुभएका सम्पुर्णलाई अग्रिम जितको शुभकामना व्यक्त गर्नुभएको थियो भने आसन्न निर्वाचनमा राम्रो कसरत गरेमा नतिजा धेरै राम्रो आउने बताउनुहुँदै कति पनि ढिला नगरी सम्पुर्ण कार्यकर्ताहरु मुलवासी मंगोलहरुको बस्तीमा घरदैलोमा जाने सुझाव दिनुभएको थियो भने कार्यक्रममा जिल्ला सभा लमजुङका सदस्य आशिष गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै जिल्ला सभाका  सचिव कमलराज गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया