स्थानीय तह निर्वाचन उम्मेदवार सम्मान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२४ भदौ २०७९, शुक्रवार

प्रमुख अतिथि तामाङ सम्मान पत्र वितरणका क्रममा

तनहुँ /तनहुँमा स्थानीय निर्वाचन २०७९ मा एम.एन.ओ.का तर्फबाट उम्मेदवारी दिनुहुने उम्मेदवाहरुलाई सम्मान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । 
तनहुँको सदरमुकाम दमौलीमा दिनाङ्क २०७९ भदौ २४ गते तदानुसार 9th सेप्टेम्बर, 2022मा एम.एन.ओ.,जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाधक्ष्यता र केन्द्रिय सदस्य तथा केन्द्रिय  कार्यालय सचीव रिन्चेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथीमा केन्द्रिय सदस्य प्रविना थापा मगर हुनुहुन्थ्यो। त्यसै गरि अन्य अतिथीहरुमा गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ,  तेस्रो ऎतिहासिक एम.एन.ओ. घिरिङ गाउँ सभाको अधिवेशनको संयोजक दिलिप राना, आबुखैरेनी गाउँ सभाका अध्यक्ष बुद्धि बहादुर गुरुङ,प्रथम एतिहासिक ऋषिङ गाउँ सभाको अधिवेशनको संयोजक भिम बहादुर आले, प्रथम  एतिहासिक शुक्ला गण्डकी नगर सभाको अधिवेशनको संयोजक प्रताप राना मगर, भानु नगर सभाका अध्यक्ष भिम बहादुर लामा, म्याग्दे  गाउँ सभाका अध्यक्ष हुम ब राना मगर,भिमाद नगर सभाका अध्यक्ष चन्द्र बहादुर थापा र व्यास नगर सभाका सचिव श्री माया थापा मगर हुनुहुन्थ्यो ।
कार्यक्रममा स्थानीय निर्वाचनमा भाग लिनुहुने सम्पुर्ण उम्मेदवारहरु हर्षोल्लासका साथ उपस्थित हुनुभएको थियो ।कार्यक्रमम उहाँहरुको योगदानलाई कदर गरिदै प्रमुख अतिथी र विशिष्ट अतिथीद्वारा सम्मान पत्र वितरण गरिएको थियो । यश कार्यक्रमले सम्पुर्णमा अझ एम.एन.ओ.को लागि त्याग गर्ने प्रेरणा र क्रान्तिकारी योद्धा भइ अगाडि बढ्ने हौसला मिलेको कुरा सम्मानित उम्मेदवारबाट जानकारी प्राप्त भयो । 
कार्यक्रममा आमन्त्रित सम्पुर्ण अतिथीहरुले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएका थिए । विशिष्ट अतिथी मगरले सम्पुर्ण उम्मेदवारहरुले निर्वाचनमा गर्नुभएको त्याग, तपस्या र बलिदान अत्यन्तै सराहनीय तथा सम्मानयोग्य रहेको र यसरी नै आसन्न निर्वाचनमा पनि पुर्णरुपमा खटिएर एम.एन.ओ.को लागि योगदान दिनुहुन अनुरोध गर्नुभयो ताकी मुलवासी मंगोल मुक्तिको क्रान्ति सहज होस् । त्यस्तै गरी प्रमुख अतिथी तामाङले सम्पुर्ण उम्मेदवारहरुको निर्वाचनमा भाग लिने साहसिक कामको उच्च कदर गर्नुहुँदै उहाँहरुले एक ऎतिहासिक काम गर्न सफल भएको र निर्वाचनमा अंकगणितीय नतिजा हात पार्न नसके पनि ईतिहासमा नाम लेख्न सफल हुनुभएको बताउनुभयो ।साथै एम.एन.ओ.अब सेकेण्डरी नभइ प्राइमरी संगठन बनेको बताउनुभयो । त्यसकारण एम.एन.ओ.को लागि सदा योगदान दिन तत्पर रहन आग्रह गर्नुभयो साथै आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि पुर्ण तयार गर्नुहुन अनुरोध गर्नुभयो । 
सभ्य र भव्यरुपमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई जिल्ला सभा तनहुँका प्रचारप्रसार सचीव विष्णु माया आलेले गर्नुभएको थियो भने सन्चालन जिल्ला सचीव सुष्मा आलेले गर्नुभएको थियो

प्रतिक्रिया