तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२५ भदौ २०७९, शनिवार

प्रमुख अतिथीद्वारा कार्यक्रम उद्घाटन गर्नुहुँदाको तस्बिर

तनहुँ/तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न ।
मिति २०७९/०५/२५ गते तदानुसार 10th Sep, 2022का दिनमा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ अधिवेशनको मुल आयोजक सभाका संयोजक दिलिप राना मगरको सभाध्यक्षतामा र  मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य तथा अनुशासन विभागका संयोजक गणेश चाम्लिङको प्रमुख आतिथ्यतामा घिरिङ -०४, गवुडाडा तनहुँमा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ अधिवेशनको मुल आयोजक सभाको आयोजनामा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ अधिवेशनको खुल्ला घोषण सभा सप्पन्न भएको हो ।
उक्त खुल्ला घोषणा सभामा विशिष्ट अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य श्याम लिम्बु र  मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य तथा कार्यलय सचिव रिन्चेन तामाङ र मंगोल नेशनल अर्गनाइजेशन, केन्द्रिय सभाका सदस्य प्रविना थापा मगर हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा, सचिव सुश्मा आले, सदस्य पर्शुराम थापा मगर, सदस्य होम बहादुर थापा मगर, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका सदस्य अर्जुन मंगोल, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनका सल्लाहकार विशान थापा मगर, प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन ऋषिङ गाउँ अधिवेशन मुल आयोजक सभाका संयोजक भिम बहादुर आले, प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर अधिवेशन मुल आयोजक सभाका संयोजक प्रताप राना मगर र मंगोल नेशनल अर्गनाइजेशन विर्तामोड नगर सभाका अध्यक्ष याम कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।
तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ अधिवेशन मुल आयोजक सभाका सचीव बिमला थापा मगरले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापा मगरले कार्यक्रम संचालन गर्नु भएको थियोे।

प्रतिक्रिया