मेचीनगरमा तिव्ररुपमा चुनावी अभियान

Gurkhas Online Tv
Gurkhas Online Tv२६ भदौ २०७९, आइतवार

स्रोत: मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको फेसबुक पेज

झापा/मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगरको विभिन्न वडा मा निर्वाचन लक्षित  प्रशिक्षण कार्यक्रम ,घरदैलो अभियान र अन्तर्कृयात्मक कार्यक्रम व्यापक रुपमा भैरहेको छ।
  दिनाङ्क १० सेप्टेम्बर,२०२२ सनिवारका दिन एम.एन.ओ. मेचिनगर नगरसभा को आयोजना मा वडा नं. ११ गोजावस्तिमा मुलवासी मंगोल विषयक  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नगरसभा अध्यक्ष सिनारा मेचे को सभाअध्यक्षतामा एवं  संगठनका केन्द्रिय सचीव साथै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा झापा क्षेत्र  नं. १  प्रतिनिधि सभाका उम्मेदवार सन्तोष तामाङ को प्रमुख आतिथ्यता रहेको थियो।
प्रशिक्षण तथा अन्तर्कृयात्मक पश्चात् स्थानीय राम प्रसाद तामाङ को संयोजकत्वमा ८ सदस्यीय  तदर्थ वडा सभा ११ गठन भएको छ। सदस्यहरुमा क्रमशः धनराज लिम्बु,बिष्णु धिमाल, चन्द्र चौधरी, चन्द्र बहादुर तामाङ,सुकमाया तमाङ,सुरमा धिमाल,निरेन धिमाल,चक्र धिमाल रहेका छन। विशिष्ट अतिथी बुद्धशान्ति गाउँ सभा अध्यक्ष साथै आसन्न निर्वाचन मा झापा क्षेत्र नं.१  प्रदेश ' ख' उम्मेदवार मोहन सिंह लिम्बू रहनु भएको थियो । नगरसभा सहसचिव खम बहादुर राई ले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम लाई नगरसभा का सचीव किशोर धिमाल ले संचालन गर्नुभएको थियो। 
सोहिदिन मेचिनगर  वडा नं. ०९ लिलावस्तिमा र वडा नं १० को धुलाबारीमा पनि निर्वाचन लक्षित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया