प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन रिसिङ गाउँ अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२६ भदौ २०७९, आइतवार

कार्यक्रम पश्चात् आयोजक सभा र अतिथीहरुसङ्गै लिइएको एक तस्बिर

तनहुँ/प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन रिसिङ गाउँ अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न भएको छ ।
दिनाङ्क २०७९ भदौ २६ गते तदानुसार 11th Sep, 2022का दिनमा प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन रिसिङ गाउँ अधिवेशनको मुल आयोजक सभाका संयोजक भिम बहादुर आले मगरको सभाध्यक्षतामा र  मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य तथा अनुशासन विभागका संयोजक गणेश चाम्लिङको प्रमुख आतिथ्यतामा रिसिङ -०७, RYC Club भवन, शितल डाडा,तनहुँमा प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन रिसिङ गाउँ अधिवेशनको मुल आयोजक सभाको आयोजनामा उक्त खुल्ला घोषण कार्यक्रम सभ्य र भव्यरुपमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।
उक्त खुल्ला घोषणा सभामा विशिष्ट अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य श्याम लिम्बु र  केन्द्रिय  सदस्य प्रविना थापा मगर हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा  मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा, सचिव सुश्मा आले, कोषाध्यक्ष ज्ञानी माया थापा मगर, प्रचारप्रसार सचीव विष्णु माया आलेज, सदस्यहरु बसन्ती आले, रिसिराम थापा,   मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका सदस्य तथा Mongol Online TV का संचालक/मंगोल भिजन साप्ताहिक पत्रीकाका संवाददाता अर्जुन मंगोल, प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर अधिवेशन मुल आयोजक सभाका संयोजक प्रताप राना मगर  हुनुहुन्थ्यो । 
10th Sep.,2022 मा भएको बन्दसत्रबाट नवनिर्वाचित एम.एन.ओ.रिसिङ गाउँ सभाका सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी लगायत आमन्त्रित सम्पूर्ण अतिथीहरुले बधाई दिनुभएको थियो । बन्दसत्रबाट भिम बहादुर आले मगरको अध्यक्षतामा १४ सदस्यीय समिती निर्वाचित भएको थियो ।उक्त सभाको सचीवमा प्रकाश थापा मगर,कोषाध्यक्षमा चित्र माया थापा मगर,स-सचीवमा फागुराम थापा मगर,प्रचार प्रसार सचीवमा सोन आले र अन्य सदस्यहरुमा चन्द्र माया परियार,तुल बहादुर आले,हेम बहादुर थापा,खगिसरा थापा,मिलन थापा,दुर्गा ब थापा,पित ब थापा,दल बहादुर आले,रेखिराम थापा हुनुहुन्छ । 

यसरी उक्त खुल्ला सभामा सम्पूर्ण अतिथीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै आफ्ना महत्त्वपूर्ण  मन्तव्य राख्नुभएका थिए । मन्तव्यका क्रममा प्रमुख अतिथी चाम्लिङले उपस्थित लोकसमुदायलाई पुर्व देखि पश्चिम तनहुँमा आएर मंगोल दर्शनबारे आफुले ड.गोपाल गुरुङसंगै उहाँको अनुसरण गरेर गर्नुभएका अनुभवबारे बताउनुभयो र ड.गुरुङज्युले प्रतिपादन गर्नुभएको दर्शनले नै मगर, गुरुङ, राई, लिम्बू ईत्यादी नेपालका मुलवासी मंगोललाई एकताको सुत्रमा बाधेको छ जसको कारणले मुलवासीलाई आफ्नो अस्तित्व प्राप्तिको लागि क्रान्तिकारी र वैचारिक लडाइँका लागि आधार प्रदान गरेको छ ।यसकारण आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सशक्त तरिकाले कडा परिश्रमका साथ अगाडि बढ्न नवनिर्वाचित तथा उपस्थित सम्पूर्ण कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया