प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२८ भदौ २०७९, मङ्गलवार

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी चाम्लिङ

तनहुँ/प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न भएको छ ।
दिनाङ्क २०७९ भदौ २८ गते तदानुसार 13th Sep, 2022का दिनमा प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर अधिवेशनको मुल आयोजक सभाका संयोजक प्रताप राना मगर(नम ब.) मगरको सभाध्यक्षतामा र  मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य तथा अनुशासन विभागका संयोजक गणेश चाम्लिङको प्रमुख आतिथ्यतामा खैरेनीटार मगर सभाज भवन, खैरेनीटार,तनहुँमा प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर अधिवेशनको मुल आयोजक सभाको आयोजनामा उक्त खुल्ला घोषणा कार्यक्रम सभ्य र भव्यरुपमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।
उक्त खुल्ला घोषणा सभामा विशिष्ट अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य श्याम लिम्बु र  केन्द्रिय  सदस्य प्रविना थापा मगर हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा एम.एन.ओ.,गण्डकी प्रदेश सभाका प्रचासचिव भिम बहादुर गुरुङ, सदस्य भक्त बहादुर गुरुङ,मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा, सचिव सुश्मा आले, कोषाध्यक्ष ज्ञानी माया थापा मगर, प्रचारप्रसार सचीव विष्णु माया आलेज, सदस्यहरु बसन्ती आले, रिसिराम थापा, जुन बहादुर थापा, तुलचन्द थापा,प्रेम बहादुर पुन, काजी कुमार गुरुङ,मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका सदस्य तथा Mongol Online TV का संचालक/मंगोल भिजन साप्ताहिक पत्रीकाका संवाददाता अर्जुन मंगोल, तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन कास्की जिल्ला अधिवेशन मुल आयोजक सभाका संयोजक यज्ञ बहादुर गुरुङ  रिसिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर थापामगर,भिमाद नगर सभाको अध्यक्ष चन्द्र  बहादुर थापा मगर,अाँबुखैरेनीको बुद्धि गुरुङ 
घिरिङ गाउँ सभाका अध्यक्ष  दिलिप राना मगर  र भानु नगर सभाका अध्यक्ष भिम बहादुर लामा हुनुहुन्थ्यो । 
12th Sep.,2022 मा भएको बन्दसत्रबाट नवनिर्वाचित एम.एन.ओ.शुक्लागण्डकी नगर सभाका सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी लगायत आमन्त्रित सम्पूर्ण अतिथीहरुले बधाई दिनुभएको थियो।उक्त बन्दसत्रबाट प्रताप राना मगरको अध्यक्षतामा १३ सदस्यीय एम.एन.ओ., शुक्लागण्डकी नगर सभा गठन भएको छ । सभाको सचीवमा सुमन थापा मगर,कोषाध्यक्षमा मधुखर थापा मगर, स- सचिवमा सोम बहादुर थापा मगर,प्रचारप्रसार सचीवमा बसन्ती राना मगर र अन्य सदस्यहरुमा, टङ्क बहादुर गुरुङ,लोक बहादुर थापा मगर, इन्द्र राना मगर,अमृता थापा मगर,फणेन्द्र बहादुर राना,मन्दीप थापा मगर,शक्ति राना मगर र केशर राना मगर हुनुहुन्छ ।
यसरी उक्त खुल्ला सभामा सम्पूर्ण अतिथीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै आफ्ना महत्त्वपूर्ण  मन्तव्य राख्नुभएका थिए । मन्तव्यका क्रममा प्रमुख अतिथी चाम्लिङले उपस्थित लोकसमुदायलाई पुर्व देखि पश्चिम तनहुँमा आएर मंगोल दर्शनबारे आफुले ड.गोपाल गुरुङसंगै उहाँको अनुसरण गरेर गर्नुभएका अनुभवबारे बताउनुभयो र ड.गुरुङज्युले प्रतिपादन गर्नुभएको दर्शनले नै मगर, गुरुङ, राई, लिम्बू ईत्यादी नेपालका मुलवासी मंगोललाई एकताको सुत्रमा बाधेको छ जसको कारणले मुलवासीलाई आफ्नो अस्तित्व प्राप्तिको लागि क्रान्तिकारी र वैचारिक लडाइँका लागि आधार प्रदान गरेको छ ।यसकारण आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सशक्त तरिकाले कडा परिश्रमका साथ अगाडि बढ्न नवनिर्वाचित तथा उपस्थित सम्पूर्ण कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
भव्य र सभ्यरुपाअ सम्पन्न उक्त खुल्ला घोषणा सभामा अधिवेशनको आर्थिक संयोजक मधुकर थापा मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव सुमन थापा मगरले संचालन गरेका थिए

प्रतिक्रिया