ऐना सबैभन्दा असल साथी

Gurkhas Online Tv
Gurkhas Online Tv१ असार २०७९, बुधवार

 ऐना सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन । यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन । म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् । नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो । यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।

मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् । केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।

मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो । आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ । यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन! 

प्रतिक्रिया