चितवनको भरतपुर महानगरपालिकामा एम.एन.ओ.को चुनावी अभियान तीव्र

Gurkhas Online Tv
Gurkhas Online Tv२९ भदौ २०७९, बुधवार

कार्यक्रमको क्रममा लिइएको तस्बिर।

चितवन/

दिनाङ्क २०७९ भदौ २९ गते तदानुसार 14th Sep., 2022 मा चितवनको भरतपुर महनगरपालिका वडा न.२३ कृष्ण चोकमा  प्रशिक्षण कार्यक्रम संयोजक हित बाहादुर बोम्जनको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनका अध्यक्ष तथा चितवन क्षेत्र न.२ प्रतिनिधि सभा सदस्य उम्मेदवार टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा एकदिने मुलवासी मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा अन्य अतिथीहरु चितवन क्षेत्र न.२ प्रदेश'ख'का उम्मेदवार  भिम बहादुर घले,  चितवन क्षेत्र नं ३ प्रदेश सभा सदस्य 'क'का उम्मेदवार चन्द्र बहादुर राना मगर र प्रदेश'ख'भिम ब. तामाङ हुनुहुन्थ्यो । आमन्त्रित सम्पुर्ण अतिथीहरुले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो अस्तित्व सुरक्षीत गर्न र भावी पिढीको उज्ज्वल भविष्य निर्माण गर्न चुनाव चिन्ह भालेमा भोट हाल्न अपील गर्नुभएका थिए ।चितवन जिल्ला अध्यक्ष तामाङले उपस्थित लोकसमुदायहरुलाई मानव अस्तित्व र नेपालका ईतिहासबारे खोतल्दै आसन्न निर्वाचनमा सम्पुर्णको महत्व रहेको बताउदै प्रशिक्षण प्रदान गर्नुभयो ।कार्यक्रम पश्चात् हित बहादुर बोम्जोनको अध्यक्षतामा १५ सदस्यीय भरतपुर  महानगररपालिका वडा न.-२३, वडा सभा गठन भएको छ ।सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि तामाङले सपथ ग्रहण गराउनुभएको थियो ।
यस कार्यक्रममा स्वागत मन्तव्य चितवन जिल्ला सदस्य सुस्मा तामाङले गरेका थिए भने संचालन जिल्ला सदस्य भिम बहादुर तामाङले गरेका थिए ।

प्रतिक्रिया