नुवाकोटमा एम.एन.ओ.को चुनावी अभियान र प्रशिक्षण कार्यक्रम तीव्र

Gurkhas Online Tv
Gurkhas Online Tv१ असोज २०७९, शनिवार

कार्यक्रमपश्चात् लिईएको सामुहिक तस्बिर

नुवाकोट/उमा तामाङ मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटको आयोजना र तार्केश्वर 1 दाङसिङ वडासभाको सक्रियतामा आज 17 सेप्टेम्बर 2022 को दिन जिल्लासभाको अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षता र बागमती प्रदेश सदस्य दिलमान तामाङको प्रमुख आतिथ्यतामा तार्केश्वर गाउँंपालिका सभा गठन तार्केश्वर स्थित दाङ्सिङमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथी दिलमान तामाङले प्रशिक्षण दिदै आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि भोट अपिल गरेको थियो भने विदुर नगरपालिकाको अध्यक्ष चक्र बहादुरले पनि प्रशिक्षणात्मक मन्तव्य राखेको थियो प्रशिक्षण पश्चात् रेन्छेन तामाङको अध्यक्षतामा 11 सदस्यीय पालिकासभा गठन गरिएको हो सचीवमा सुनमाया तामाङ,कोषाध्यक्षमा शान्ती तामाङ सदस्यहरु युनिक तामाङ,सुवास तामाङ,ग्यानु माया तामाङ,सोमती तामाङ,विजय तामाङ,फुल बहादुर तामाङ,सुजन तामाङ र सचिन तामाङ निर्वाचित भएको हो र सभाध्यक्ष प्रदिक्षा तामाङले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए। कार्यक्रम जिल्लासभाको सचिव उमा तामाङले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया