झापा मेचीनगरमा मंगोल विषयक प्रशिक्षण कार्यक्रम र चुनावी अभियान तीव्र

Gurkhas Online Tv
Gurkhas Online Tv२ असोज २०७९, आइतवार

कार्यक्रमका क्रममा खिचिइएका केही तस्बिरहरु

झापा/ मेचिनगर-१० खयरडांगिमा मुलवासी मंगोलराष्ट्रवाद विषयक प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।
दिनाङ्क २०७९ असोज १ गते तदानुसार १७ सेप्टेम्बर,२०२२ शनिवारको दिनमा मंगोल नेशनल अर्गनाइजेशन, मेचिनगर नगरसभाको आयोजनामा खयरडांगिस्थित दनुवार वस्तीमा एकदिने मुलवासी मंगोलराष्ट्रवाद विषयक प्रशिक्षण साथै आसन्न निर्वाचन लक्षित अन्तरक्रियात्मक कार्यक्रम  सम्पन्न भएको हो। 
मेचिनगर नगर सभाका  पुर्व सदस्य धन बहादुर तामाङको सभाधक्ष्यतामा र एम.एन.ओ.,प्रान्तीय सभा-०१ का सचीव सागर राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रममा मेची नगरसभा अध्यक्ष युवा नेतृ सिनारा मेचेले पनि मन्तव्य राख्नुभएको कार्यक्रममा नगरसभा सचीव किशोर धिमालले संचालन गरेका थिए। मन्तव्यका क्रममा अध्यक्ष मेचेले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित घरदैलो अभियान केही महिनादेखि सुरु गरिसकेको र लोकसमुदायले पनि एक चोटि एम.एन.ओ.को दर्शन गहिरिएर अध्ययन गरि यसको काम हेर्न भालेमा भोट हाल्न अनुरोध गर्नुभएको थियो ।प्रमुख अतिथी राईले कोहि पनि नेपालको ईतिहासमा सुनौलो अक्षरले आफ्नो नाम लेख्न नछुटाउन एम.एन.ओ.लाई अन्तरहृदयदेखी योगदान दिन तथा हातेमालो गरेर यो देशको मालिक बनी भावी सन्ततीको भविष्य उज्ज्वल बनाउन अपील गर्नुभयो ।यसरी यहि दिन तदर्थ वडा सभा र मेचिनगर नगरसभाको आयोजना मा वडा नं.१० स्थित गैरी गाउँमा निर्वाचन विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया