मंगोल नेशनल अर्गनाइजेशनले बुझायो समानुपातिकको बन्द सुची

Gurkhas Online Tv
Gurkhas Online Tv३ असोज २०७९, सोमवार

निर्वाचन आयोग कान्तिपथ काठमाण्डु

काठमाण्डु/ मंगोल नेशनल अर्गनाइजेसनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य समानुपातिक निर्बाचन तर्फको बन्द सुची बुझाएको छ । 
संगठनका केन्द्रीय सचीव सन्तोष तामाङको नेतृत्वमा सोमबार काठमाडौस्थित कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यलयमा संगठनको तर्फबाट समानुपातिक तर्फको बन्द सुची बुझाएको हो । आयोगले राजनीति दलहरुलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको बन्द सुची बुझाउन असोज २ र ३ गतेको समय तोके पछि एम एनओले बन्द सुची बुझाएको हो ।  संगठनले प्रतिनिधि सभा र ७ वटा प्रदेश सभामा समानुपातिक तर्फको बन्द सुची बुझाएको प्रवक्ता दिलिप धिमालले बताउनु भयो । 
बन्द सुची बुझाउने कार्यक्रममा संगठनका केन्द्रीय कोषाध्यक्ष आङ दावा शेर्पा , प्रवक्ता दिलिप धिमाल , प्रचार सचिब मणि पापो लिम्बू , केन्द्रीय सदस्यहरु सान बहादुर मेचे , मंगोल भक्त खपाङी ,सोम गुरुङ , धनमाया तामाङ , कासिमा तामाङ , रुबेन श्रेष्ठ , बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ , सचिब कुमार तामाङ , कोषाध्यक्ष सालिक थापा  , सह सचिब कर्मा तामाङ , सदस्य सन्तोष कुमार तामाङ , चितवन जिल्ला अध्यक्ष टेक तामाङ , लम्जुङ जिल्ला अध्यक्ष विकास गुरुङ , काभ्रे जिल्ला अध्यक्ष कमल लोप्चन , रसुवा जिल्ला अध्यक्ष विकास तामाङ , गुर्खाज अनलाइन टेलिभिजनका म्यानेजिङ डिरेक्टेर तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका संवाददाता प्रत्रकार देव थापा मगर, इन्सुमा अन लाइन टि.भिका प्रत्रकार सुरेन्द्र तामाङ लगायतको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया