मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण तथा एम.एन.ओ.,तदर्थ कन्काई नगर सभा गठन कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv४ असोज २०७९, मङ्गलवार

कार्यक्रमका क्रममा खिचिईएका तस्बिरहरु

सागर मंगोल,झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा द्वारा आयोजित कन्काई -५ स्थित ज्येष्ठ नागरिक भवनमा दिनाङ्क १९ सेप्टेम्बर,२०२२ सोमबारका दिन सम्पन्न एक कार्यक्रम बिच एम.एन.ओ. तदर्थ कन्काई नगरसभा गठन भएको छ । 

उक्त कार्यक्रम एम.एन.ओ. कतार प्रवास सभा सदस्य अम्बिका तामाङको सभाध्यक्षतामा एवं संगठनका १नं. प्रान्तीय सभाका अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी १नं. प्रान्तीय सभा सदस्य प्रकाश हाङ्खिम रहनुभएको थियो । अतिथिहरुमा झापा जिल्ला अध्यक्ष बानिरा मेचे, झापा जिल्ला सहसचिव तथा क्षेत्र नं.४ प्रदेश सभा 'क' का उम्मेदवार भरत राई, प्रचारप्रसार सचिव भानु धिमाल, विर्तामोड नगरसभा अध्यक्ष तथा क्षेत्र नं.३ प्रदेश सभा 'ख' का उम्मेदवार याम कुमार श्रेष्ठ रहनुभएको थियो । 

कार्यक्रमकै बिच अम्बिका तामाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ कन्काई नगरसभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमश: अमृत कुमार राई, चेतन तामाङ, साइमन ठट्टाल रहनुभएको छ । सदस्यहरुमा शुभलाल राई, गणेश लिम्बू, कमला मगर, विपु पाँचकोटी, छ्त्र तामाङ, कुमार मोक्तान, सुवास तामाङ, होम बहादुर तामाङ, वेद बहादुर तामाङ, हर्क तामाङ र विष्णु तामाङ रहनुभएको छ । 

कार्यक्रममा झापा क्षेत्र नं.४ प्रदेश सभा 'क' का उम्मेदवार भरत राई, जिल्ला अध्यक्ष बानिरा मेचेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भाष्कर चाम्लिङले अबको समय मूलबासी मंगोलहरुको अधिकार र अस्तित्व सिनिश्चितता संगै मुलुकको दिगो विकास र समृद्धिको निमित्त कुखुराको भालेमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो । उक्त कार्यक्रम झापा जिल्ला सचिव सागर दर्जीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया