नुवाकोटमा एम.एन.ओ.का कार्यकर्ताहरुलाई निर्वाचन विशेष कार्यकर्ता प्रशिक्षण प्रदान

Gurkhas Online Tv
Gurkhas Online Tv५ असोज २०७९, बुधवार

कार्यक्रमका क्रममा लिइएका तस्बिरहरु

उमा तामाङ /नुवाकोट मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा निर्वाचन विशेष  कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दिनाङ्क २०७९, असोज ५ तदानुसार 21st Sep., 2022 बुधबारका दिनमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटका अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन तामाङको प्रमुख आतिथ्यतामा विदुर नगरपालिका-०४,बट्टारको तामाङ प्लाजा सेमिनार हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य कासिमा तामाङ हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा  बागमती प्रदेश सभाका सदस्य दिल मान तामाङ  र चन्द्र तामाङ हुनुहुन्थ्यो ।
प्रमुख अतिथी तामाङले मंसिर ४ गते हुन गइरहेको आसन्न प्रदेश तथा प्रतिनिधी सभाको चुनावलाई लक्षित गर्दै आफ्ना कार्यकर्ताहरुलाई एम.एन.ओ.का भावी लक्ष्य,उद्देश्य र एम.एन.ओ.लाई निर्वाचनको समयमा के-कसरी सक्रिय तथा सशक्त ढंगले योगदान गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो  ।
यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटका कोषाध्यक्ष  प्रतिना तामाङले  स्वागत मन्तव्य राख्नुभएको थियो र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटका सचिव उमा तामाङले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया