तनहुँमा मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण तथा देवघाट गाउँ सभा पुनर्गठन कार्यक्रम सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv६ असोज २०७९, बिहिवार

कार्यक्रमपश्चात् खिचिएको एक ऎतिहासिक सामुहिक तस्बिर

तनहुँ/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजनामा मुलवासी मंगोल राष्ट्रवादसम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मिति २०७९/०६/०५ गते तदानुसार 21st Sep.,2022को दिनमा मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा देवघाट  गाउँपालिका वडा -१, कोटा तनहुँमा एम.एन.ओ.का नेता, कार्यकर्ताहरु तथा अन्य स्थानीय महानुभावहरुको उपस्थितिमा मंगोल राष्ट्रवादसम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य रुम माया चितौरे मगर हुनुहुन्थ्यो। अन्य  अथितीहरुमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरका अध्यक्ष धन सिं थापा मगर, सचिव तम बहादुर थापामगर,सदस्य इन्द्र बहादुर थापा मगर, सदस्य बम बहादुर थापा मगर,सदस्य ओम बहादुर मगर र मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना हुनुहुन्थ्यो ।
कार्यक्रममा  आमन्त्रित अतिथिहरुले आसन्न निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण तीव्र सन्चालन गर्दै एम.एन.ओ.लाई भोट हाल्न जनतालाई चेतना जगाउनुपर्छ भन्दै शुभकामना मन्तव्य राख्नु भएका थिए। प्रशिक्षक थापा मगरले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र नेपालमा आजसम्म लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी आफ्नो अस्तित्व र मत सुरक्षीत पार्न चुनाव चिन्ह भालेमा भोट हाल्नुपर्छ र आसन्न प्रतिनिधि तथा प्रदेध सभा निर्वाचनमा राम्रो नतिजा ल्याउनुपर्छ भनेर अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की,कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भनी अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षण प्रश्चात् पदम बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय सहित मंगोल नेसनल अर्गनाइजेसन देवघाट गाउँ सभा पुनर्गठन भएको थियो। सदस्यहरुमा क्रमश: टक बहादुर थापा मगर, लक बहादुर गुरुङ ,  रामकुमारि थापा मगर, एलिना राना मगर, बल बहादुर आले, शिव परियार, राम बहादुर विक, नन्द बहादुर राना मगर, दिल विक , एसोधा परियार, अमृत भुजेल, सुन्दर परियार र बेल बहादुर गुरुङ हुनुहुन्थ्यो ।

यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन, शुक्ला गण्डकी नगर सभाका अध्यक्ष प्रताप राना मगरले स्वागत मन्तव्य दिनुभएको थिए  भने मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका सदस्य कुमार काजी गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया