झापाको मेचीनगरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मंगोल राष्ट्रवाद प्रशिक्षण तीव्र

Gurkhas Online Tv
Gurkhas Online Tv७ असोज २०७९, शुक्रवार

प्रशिक्षण प्रदान गर्दै प्रमुख अतिथी तामाङ

झापा/मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर वडा सभा-१३ को आयोजनामा प्रगती टोलमा मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।      दिनाङ्क २०७९ असोज ७ गते तदानुसार २३ सेप्टेम्बर,२०२२का दिनमा वडा सभा अध्यक्ष मोहन लिम्बूको सभाध्यक्षतामा र संगठनका केन्द्रिय सचीव  एवम् आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन मा झापा क्षेत्र नं.१प्रतिनिधि उम्मेदवार सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सप्पन्न भएको छ। कार्यक्रमका विशिष्ट अतिथि मेचिनगर नगरसभा अध्यक्ष सिनारा मेचे रहनुभएको थियो भने अन्य अतिथिहरुमा एम.एन.ओ. बुद्धशान्ति गाउँ सभा अध्यक्ष साथै झापा क्षेत्र  नं.१ प्रदेश 'क' उम्मेदवार मोहन सिंह लिम्बु, सम्पन्न स्थानीय तह सदस्य निर्वाचन मा मेचिनगर वडा बाट महिला सदस्य उम्मेदवार चन्द्रकला लिम्बू,द.म.स. तिलामाया बराइली,सदस्य रमेश लिम्बू रहनु भएका थिए । कार्यक्रममा  विशिष्ट अतिथि सिनारा मेचे,अतिथी मोहन सिंह लिम्बूले निर्वाचनलाई मध्य नजर गर्दै अत्यन्तै प्रभावकारी मन्तव्य राक्नुभएका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्ले आज सम्म मंगोल नेशनल अर्गनाइजेशनले नेपालको मुलवासी मंगोलहरुको हक अधिकार र अस्तित्व प्राप्तिको निम्ति सडकमा उठाउदै आएको आवाज लाई सदनमा उठान गर्न आगामी मङ्सिर ४ गते को निर्वाचन मा चुनाव चिन्ह कुखुराको भालेमा आफ्नो अमुल्य मतदान गर्न आव्हान गर्नुभएको छ। स्थानीय लोकसमुदायको उल्लेखनीय उपस्थितमा सम्पन्न भएको कार्यक्रमलाई मेचिनगर सभा सचीव  किसोर धिमालले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया