एम.एन.ओ.जिल्ला सभा इलामको आकस्मिक बैठक सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv८ असोज २०७९, शनिवार

स्रोत :मंगोल भिजन पत्रीका

इलाम/मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभाको आकस्मिक बैठक सम्पन्न भएको छ । 
२३ सेप्टेम्बर शुक्रबारका दिन इलाम नगरपालिका वडा नं. ७ स्थित समिट होटलको सभा हलमा जिल्ला अध्यक्ष गंगा तामाङको सभाध्यक्षतामा एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो । कार्यक्रममा बिशेष अतिथि संगठनका सह-सचिव धन प्रकाश खिम्दुङ रहनुभएको थियो भने अतिथिहरु प्रचारप्रसार सचिव मणी पापो लिम्बु, अनुशासन बिभाग संयोजक गणेश चाम्लिङ, केन्द्रीय सदस्यहरु बगलमान राई, देव माक्रेहाङ, रेणुका यल्मो, राजन चाम्लिङ, प्रेम जिम्बा, १ नं. प्रान्तीय सभाका सदस्यहरु प्रेम बोम्जन, लासिमहाङ लिम्बु रहनुभएको थियो । 

बैठकमा सुर्योदय नगरसभा सदस्य पदमा यल्मो, फाक्फोकथुम गाउँसभा अध्यक्ष केदार लिम्बु, १नं. सदस्य लासिमहाङ लिम्बु, अनुशासन बिभाग संयोजक गणेश चाम्लिङ, केन्द्रीय प्रचारप्रसार सचिव मणी पापो लिम्बु, केन्द्रीय सह सचिव धन प्रकाश खिम्दुङले मन्तव्य राख्नुभएको थियो । 

इलाम क्षेत्र नं. १ को प्रतिनिधि सभामा चुनाव लड्ने तयारी गरीरहनुभएको संगठनका प्रेसिडेन्ट बुद्दलाल मेचेले बैठकलाई सम्बोधन गर्दै आसन्न प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा संगठनका  उमेद्वारहरुलाई सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले सहयोग गर्दै निर्वाचलाई अनुभवमुखी मात्रै नभएर परिणाममुखी बनाउनको निमित्त कुना कन्धरामा रहेका मुलबासी मंगोलहरुलाई एक ढिक्का बनाउन सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिनुभयो ।  

जिल्ला सभा, नगर तथा गाउँसभाका कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न उक्त बैठकमा इलाम जिल्ला सदस्य सुमित्रा तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रचारप्रसार सचिव ललित तामाङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया