मेचीनगर वडा-०९ वडा सभाको आयोजनामा मंगोलराष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv८ असोज २०७९, शनिवार

कार्यक्रमको क्रममा लिइएको एतिहासिक तस्बिरहरु

सिनरा मंगोल मेचे,झापा/ मेचिनगर  वडा न.०९ लिलावस्तिमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आज दिनाङ्क २४ सेप्टेम्बर,२०२२सनिवार को दिन मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर वडा सभा ०९ को आयोजना मा वडासभा सचीव रतन शेर्पा को सभाअध्यक्षता मा र संगठनका केन्द्रीय सचीव एवं  झापा क्षेत्र नं.१ प्रतिनिधि उम्मेदवार सन्तोष तामाङ ज्यु को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। विशिष्ट अतिथी मा एम.एन.ओ.१ न. प्रान्तीय सभा सदस्य देब धिमाल,अतिथी जिल्ला सभा झापा का अध्यक्ष बानिरा मेचे,मेचिनगरसभा अध्यक्ष सिनारा मेचे,सदस्य नरेन धिमाल,तदर्थ वडा सभा ११ अध्यक्ष राम तामाङ,वडा सभा ०३ सचीव सागर तामाङ रहनु भएको थियो। 
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी ले मुलुक यतिबेला दलदले भास मा फसेको छ।कालोबजारी,भ्रष्टाचारि,महङ्गी ,लुटपाट ले चरमचुलि नाघेको कारण दीर्घकालीन शान्ति र अमनचयन कायम गर्न चुनाव चिन्ह कुखुराको भाले मा मतदान गर्न सबैलाई अनुरोध गर्नभयो।
कार्यक्रम मा जिल्ला सभा झापा का अध्यक्ष बानिरा मेचे,१ न. प्रान्तीय सभा सदस्य देब धिमाल ले पनि महत्त्वपूर्ण मन्तव्य राख्नु भएको थियो।वडा सदस्य निम्तेन्जी शेर्पा ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम मेचिनगर सचीव किशोर धिमाल ले संचालन गर्नुभएको थियो।
आज कै दिन मेचिनगर वडा सभा ०४ को आयोजना मा  आले डाडामा मा निर्वाचन विशेष प्रशिक्षण साथै अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया