प्रथम एतिहासिक एम.एन.ओ., भानु नगर अधिवेशन सम्पन्न र अध्यक्षमा ज्योती माया तामाङ निर्वाचित।

Gurkhas Online Tv
Gurkhas Online Tv८ असोज २०७९, शनिवार

कार्यक्रम पश्चात् आयोजक सभा र अतिथीहरुसंगौ खिचिएको एक एतिहासिक तस्बिर ।

तनहुँ/प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन भानु नगर अधिवेशनको खुल्ला घोषणा सभा सम्पन्न ।
दिनाङ्क २०७९/०६/०८ गते तदानुसार 24th, 2022का दिनमा प्रथम  ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन भानु नगर अधिवेशनको मुल आयोजक सभाका संयोजक भिम बहादुर लामाको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन भानु नगर अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सभ्य र भव्यरुपमा सम्पन्न भएको हो।
उक्त कार्यक्रमका विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो ।यसैगरी अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा, सचिव सुश्मा आले, कोषाध्यक्ष ज्ञानि माया थापा मगर, सदस्य जुन बहादुर थापा मगर, सदस्य तुलचन थापा मगर, सदस्य भिम बहादुर थापा मगर, सदस्य तुल बहादुर गुरुङ , सदस्य अमर गुरुङ , मंगोल नेशनल अर्गनाइजेशन ऋषिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर आले, मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष  प्रताप राना मगर, मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनिका सचिव प्रकाश परियार,मंगोल नेशनल अर्गनाइजेशन,आबुखैरेनि वडा-४ वडा सभाका अध्यक्ष रण बहादुर खवास र मंगोल नेशनल अर्गनाइजेशन  भानु वडा-०३ वडा सभाका अध्यक्ष नर बहादुर तामाङ  हुनुहुन्थ्यो ।

दिनाङ्क २०७९ असोज ०६ गते तदानुसार 22nd September, 2022 का दिनमा सम्पन्न बन्दसत्रबाट ज्योति माया तामाङको अध्यक्षतामा ११ सदस्यीय एम.एन.ओ., भानु नगर सभा निर्वाचित भएको छ । उक्त सभाको सचिवमा पदम बहादुर तामाङ, कोषाध्यक्षमा निशा गुरुङ, स-सचीवमा माया परियार, प्रचारप्रसार सचीवमा कल बहादुर तामाङ, सदस्यहरूमा आस बहादुर गुरुङ, दुर्मति गुरुङ, यमुना लामा गुरुङ, लक्ष्मण गुरुङ, होम बहादुर गुरुङ र सल्लाहकारमा रुद्र बहादुर थापा मगर र भिम बहादुर लामा हुनुहुन्छ ।

कार्यक्रममा आमन्त्रित अतिथीहरुले सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुहुँदै मंगोल मुक्तिको पाइला कहिल्यै नथाकुन् भनी शुभकामना मन्तव्य राखेका थिए । यसै गरि प्रमुख अतिथी मगरले भने पदाधिकारीहरुलाई शुभकामना दिदै  स्थानीय निर्वाचनमा भानुबाट कुनै उम्मेदवार खडा गर्न नसकेपनि आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा भने एम.एन.ओ.का उम्मेदवार हरुलाई यश क्षेत्रबाट पुर्ण सहयोगको आशा गर्दछु भन्दै नवनिर्वाचित उम्मेदवारहरुलाई संगठनको विधी विधान तथा अन्य सिद्धान्तहरु समेत विश्लेषण गरिदिनुभएको थियो  ।

उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन  भानु वडा-०३ वडा सभाका अध्यक्ष नर बहादुर तामाङले स्वागत मन्तव्य दिनुभएको थियो भने  मनोज तामाङले कार्यक्रम संचालन गर्नु भएको थियोे।

प्रतिक्रिया