झापाको कचनकवलमा निर्वाचनलाई लक्षित गर्दै मुलवासी मंगोल विषयक प्रशिक्षण सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv९ असोज २०७९, आइतवार

कार्यक्रमका क्रममा लिइएको एतिहासिक तस्बिरहरु ।

सिनरा मेचे,झापा/कचनकवल गाउँपालिका वडा नं.७ तारावन मा निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

आज दिनाङ्क २५ सेप्टेम्बर,२०२२ आइतबारको दिनमा मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाको आयोजनामा कचनकवल गाउँपालिका वडा नं.७ ताराबन मा आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 
स्थानीयबासी सोम तामाङको  सभाध्यक्षतामा र संगठनका केन्द्रिय सदस्य श्याम लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको विशिष्ट अतिथिमा एम.एन.ओ., प्रान्तीय सभा १ का सदस्य प्रकाश हाङ्खिम र अन्य अतिथीहरुमा झापा जिल्ला सभाका सदस्य सुवास लिम्बु ,मेचिनगर नगर सभाका अध्यक्ष सिनारा मेचे,बिर्तामोड नगरसभा अध्यक्ष साथै झापा क्षेत्र न°.३ प्रदेश 'ख' उम्मेदवार याम कुमार श्रेष्ठ रहनु भएको थियो। 
प्रमुख अतिथी लिम्बुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालका मुलवासी मंगोलहरुले सबै राजनितीक दलहरुलाई तन,मन,धन र मतदान दिएर धेरै पटक जिताउदै आए पनि  गरिबी,भ्रष्टाचारि,महङ्गी र कालोबजारी बाहेक केही पनि नपाएको बताउनु भयो। त्यसैले अब ब्रह्माण्डवादको दासत्वबाट मुक्ति दिलाउने राजनितीक शक्ति भनेको एम.एन.ओ.मात्रै रहेको बताउनु भएको छ।
कार्यक्रममा विशिष्ट अतिथी प्रकाश हाङ्खिम, मेचिनगरसभा अध्यक्ष सिनारा मेचे र बिर्तामोड नगरसभा अध्यक्ष याम कुमार श्रेष्ठले पनि मन्तव्य राख्ने क्रममा एम.एन.ओ.को उम्मेदवारलाई जिताउन चुनाव चिन्ह कुखुराको भाले मा मतदान गर्न जोड दिनुभएका थिए।
  भद्रपुर नगर वडा सभा १का अध्यक्ष गोपाल तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रम भद्रपुर नगरसभाका सचीव रेवत मगरले संचालन गरेका थिए।

प्रतिक्रिया