झापाको कमलमा एकदिने मंगोल राष्ट्रवाद समबन्धी प्रशिक्षण सु-सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv९ असोज २०७९, आइतवार

कार्यक्रमको क्रममा लिइएको केहि एतिहासिक तस्बिरहरु ।

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा कमल-५ स्थित पारुहाङ टोलमा मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
२५ सेप्टेम्बरका दिन एम.एन.ओ. कमल गाउँसभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी झापा जिल्ला अध्यक्ष बानिरा मेचे रहनुभएको थियो भने अतिथिहरु झापा जिल्ला सचिव सागर दर्जी, प्रचारप्रसार सचिव भानु धिमाल, सदस्य प्रेम लिम्बू, झापा क्षेत्र नं.५ प्रेदेश सभा'ख' का उम्मेदवार राम लाल राई, समानुपातिक उम्मेदवार गजेन्द्र मादेन, दमक नगरसभा अध्यक्ष दिपेश राई रहनुभएको थियो । 
कार्यक्रममा अतिथिहरु भानु धिमाल, सागर दर्जी, बानिरा मेचे, झापा क्षेत्र नं.५'ख' उम्मेदवार रामलाल राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

 झापा क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने तयारी गरिरहेका संगठनका सर्वोच्च सभाका सदस्य सान मेचेले कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको विकास र समृद्धिको निमित्त देशको राजनैतिक सत्तामा अबको समय मूलबासी मंगोलहरु पुग्नुपर्ने नितान्त आवश्यकता रहेको कुरा जगजाहेर गर्दै अबको अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाइजेशन रहेकोले ढुक्क भएर भालेमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कमल-५ वडा सभा सचिव सन्जोक राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया