एम.एन.ओ.ले रसुवामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणा गर्यो उम्मेदवार।

Gurkhas Online Tv
Gurkhas Online Tv९ असोज २०७९, आइतवार

बैठक पश्चात् खिचिएको एक तस्बिर

विकास तामाङ, रसुवा/ एम.एन.ओ.ले रसुवामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गर्यो उम्मेदवार घोषणा।
दिनाङ्क २०७९ असोज ०९ तदानुसार  25th September,2022का दिनमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाका अध्यक्ष बिकास तामाङको सभाध्यक्षतामा बाग्मती प्रान्तीय सभाको सह-सचिव कर्म तितुङको प्रमुख अथित्यतामा मंसिर ४ गते सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनको विषयमा वृहत छ्लफल गरि महत्वपूर्ण कुराहरुलाई निचोडमा पुर्याएर निर्ण्य गरिएको हो ।

उक्त बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरुको नामावली सर्वसम्मतबाट सिफारिसको लागि घोषणा गरिएको हो । 
जिल्ला सभाका सम्पुर्ण जिल्लाका पदाधिकारीहरुबाट सर्व सहमतिले गरि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि  बिकास तामाङ चयन हुनुभएको छ भने सो क्षेत्रको प्रदेश सभा  'क' मा जितमान थिङ  र प्रदेश सभा'ख' मा वाङ्दे घले उम्मेद्बारी दिनको लागि सर्वसम्मत चुनिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी तितुङले उम्मेदवार सिफारिसका लागि छनौट हुनुभएका जुझारु मंगोल योद्धाहरुलाई अग्रीम जीतको शुभकामना दिदै मंगोल नेशनल अर्गनाइजेशनलाई उचाईमा पुर्याउनको लागि अहोरात्र खटेर त्याग, तपस्या र बलिदान दिने समय आएको छ भन्दै लोकसमुदायलाई जसरी हुन्छ कुखुराको भालेमा भोट हाल्ने मनस्थिति बनाउनुपर्ने कुरालाई जोड दिन आव्हान गर्नुभएको थियो  
उपस्थित रसुवा जिल्ला अन्तर्गतका नेता तथा कार्यकर्ताहरुले भने उम्मेदवारहरुलाई आर्थिक, भौतिक र नैतिकताले सकेजति सहयोग गर्ने वाचा गरे ।

प्रतिक्रिया