तनहुँको बन्दिपुर चिसापानीमा एकदिने मुलवासी मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv१० असोज २०७९, सोमवार

कार्यक्रमपश्चात् खिचिएको एक एतिहासिक सामुहिक तस्बिर

तनहुँ/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजनामा मुलवासी मंगोल राष्ट्रवादसम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
दिनाङ्क २०७९ असोज १० गते तदानुसार 26th September, 2022को दिनमा मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन, केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यततामा बन्दिपुर  गाउँपालिका वडा -६, चिसोपानी बाझोगरामा निम्न पदाधिकारी तथा अन्य महानुभावहरुको उपस्थितिमा मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। 
विशिष्ट अतिथीमा  मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो र अन्य अथितीमा मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना हुनुहुन्थ्यो ।
कार्यक्रममा  अतिथिहरुले सुभकामना मन्तव्य राख्नु भएको थियो। प्रशिक्षक रानाज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की,कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो।
 मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य वसन्ति आले मगरले स्वागत मन्तव्य र मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका सचीव सुस्मा आलेले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया