एम.एन.ओ.ले तनहुँमा गर्यो प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार घोषणा

Gurkhas Online Tv
Gurkhas Online Tv१२ असोज २०७९, बुधवार

एम.एन.ओ.को झण्डा

तनहुँ/मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ.)को तर्फबाट तनहुँ  जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुको घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

दिनाङ्क २०७९ असोज १२ गते तदानुसार 28th सेप्टेम्बर, 2022 का दिनमा एम.एन.ओ., जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाधक्ष्यता र  केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा दमौलीस्थित जिल्ला सभा तनहुँको कार्यालयमा सम्पन्न जिल्ला सभाको बैठकबाट मंसिर ४ मा सम्पन्न हुनगइरहेको चुनावका लागि उम्मेदवारहरुको घोषणा भएको हो । वृहत छलफल पश्चात् उक्त बैठकबाट सर्वसहमतले क्षेत्र न.१ प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि तनहुँ जिल्लाकै अध्यक्ष प्रेम बहादुर थापा मगर र क्षेत्र न.२ बाट प्रविना थापा मगरको उम्मेदवारी रहने टुङ्गो लगाइएको हो।  यसरी नै क्षेत्र न.१  प्रदेश सभा "क" बाट भिम बहादुर लामा र प्रदेश सभा "ख" बाट रण बहादुर खवास मगरको उम्मेदवारी चयन भएको छ भने क्षेत्र न.२ प्रदेश सभा क र ख बाट क्रमशः सुमन थापा मगर र नम बहादुर (प्रताप) राना मगरको उम्मेदवारी रहने घोषणा गरिएको हो ।
उक्त बैठकमा चयन हुनुभएका सम्पुर्ण उम्मेदवारहरुले आ-आफ्ना अभिव्यक्ती राख्ने क्रममा आफ्ना सहकर्मीहरुबाट पुर्ण सहयोगको अपेक्षा रहेको कुरा बताउनुभयो ।यसरी बैठकमा  आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा के कस्तो रणनीति बनाएर जाने र नतिजा आफ्नो पोल्टोमा कसरी पार्ने भन्ने बारेमा व्यापक छलफल भएको थियो । 
सभ्य र भव्यरुपमा विविध विषयवस्तुमाथि छलफल र निर्णय भएको  बैठकका प्रमुख अतिथी मगरले सबैभन्दा पहिले त स्वयम् आफू पनि जीवनमा पहिलोपल्ट निर्वाचनमा होमिदै गर्दा त्यो पनि मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवारी दिनगइराखेको हुँदा हर्षित रहेको व्यक्त गर्नुहुँदै सम्पुर्ण उम्मेदवारीका लागि चयन हुनुभएकाहरुलाई अग्रिम जीतको शुभकामना व्यक्त गर्नुभएको थियो र निर्वाचनमा राम्रो कसरत गरेमा नतिजा धेरै राम्रो आउने बताउनुहुँदै कति पनि ढिला नगरी सम्पुर्ण कार्यकर्ताहरु मुलवासी मंगोलहरुको बस्तीमा घरदैलोमा जानुपर्छ सुझाव भन्नुभएको थियो ।
उक्त बैठक जिल्ला सभा तनहुँका  सचिव सुस्मा आलेले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया