झापाको कमलमा एम.एन.ओ.को चुनावी घोषणा सभा सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv१२ असोज २०७९, बुधवार

कार्यक्रमका क्रममा लिइएको एतिहासिक तस्बिरहरु

सागर मंगोल, झापा/मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित डाँफे टोलमा चुनावी घोषणा सभा सम्पन्न भएको छ । 

२८ सेप्टेम्बर बुधबारका दिन सम्पन्न उक्त कार्यक्रम एम.एन.ओ. कमल गाउँसभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि १ नं. प्रदेश सभा सदस्य झापा क्षेत्र नं.५ प्रदेश सभा 'क' उम्मेदवार राजेन्द्र चेम्जोङ रहनुभएको थियो । अतिथिहरुमा झापा जिल्ला सचिव सागर दर्जी, जिल्ला सदस्य प्रेम लिम्बू, इलाम जिल्ला सदस्य चन्द्र केरुङ, झापा क्षेत्र नं. ५ प्रदेश सभा 'ख' उम्मेदवार रामलाल राई, समानुपातिक उम्मेदवार गजेन्द्र मादेन, दमक नगरसभा अध्यक्ष दिपेश राई रहनुभएको थियो । 

कार्यक्रममा अतिथिहरु गजेन्द्र मादेन, चन्द्र केरुङ, प्रेम लिम्बू, सागर दर्जीले मन्तव्य राख्नुभएको थियो  कार्यक्रममा मन्तव्य राख्दै राजेन्द्र चेम्जोङले मूलबासी मंगोलहरुले विश्वास गरेका हरेक राजनीतिक दलहरुबाट पटक पटक धोका पाउँदै आएका कारण अबको एकमात्र विकल्प मंगोल नेशनल अर्गनाइजेशन रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सान मेचेले कृषिलाई उच्च प्राथमिकतामा राख्दै उत्पादनलाई बढाउने र पर्यटन क्षेत्रमा विशेष जोड दिँदै अगाडि बढ्ने, सम्पूर्ण जनताहरुको स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्णलाई ढुक्क भएर भालेमा मतदान गर्न आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रम एम.एन.ओ. कमल-५ वडाध्यक्ष अजय राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया