एम.एन.ओ.जिल्ला सभा इलामको आकस्मिक बैठक सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv१४ असोज २०७९, शुक्रवार

बैठक उद्घाटन गर्नुहुँदै एम.एन.ओ.का प्रेसिडेन्ट बुद्धलाल मेचे

इलाम/ मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा ईलाम को आकास्मिक बैठक आज सम्पन्न भएको छ।
३० सेप्टेम्बर शुक्रवारका दिन ईलाम बजारको तमु होटलमा एम.एन.ओ. प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा बिशिस्ट अतिथि केन्द्रीय सह-सचिव धन प्रकाश खिम्दुङ, अतिथिहरु केन्द्रीय प्रचारप्रसार सचिव मणी पापो, अनुशासन विभाग संयोजक गणेश चाम्लिङ, केन्द्रीय सदस्यहरु देव माक्रेहाङ, बगलमान राई लक्ष्मणन माक्रेहाङ, प्रदेश १‌ सदस्य चन्द्रमान बुङछेन रहनु भएको थियो ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनाव लाई लक्षित गर्दे बसेको बैठकले प्रदेश सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ । ईलाम क्षेत्र नं. १ को 'क' बाट प्रेम बोम्जन 'ख' बाट देव माक्रेहाङ क्षेत्र न २ को 'क' बाट लक्ष्मण माक्रेहाङ 'ख' बाट उजित कुमार राई लाई चयन गरेको छ । यस अघिको बैठकबाट इलाम क्षेत्र नं. १ बाट संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे र क्षेत्र नं. २ बाट प्रचारप्रसार सचिव मणि पापोले चुनाव लड्ने निर्णय भइसकेको छ । 

बैठकबाट नै जिल्ला सचिवमा जित कुमार वजी, जिल्ला सहसचिवमा ललित तामाङ र प्रचारप्रसार सचिवमा विराज तामाङलाई पद बढुवा गरिएको छ ।

उमेद्वार र पद बढुवा भएकाहरुलाई प्रमुख अतिथि बुद्धलाल मेचेले सम्मान गर्दै खादा ओढाई शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेचेले प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा एम.एन.ओ. ले आफ्नो सिद्धान्त र एजेन्डालाई नेपाली जनताहरुको माझमा लगेर मूलबासी मंगोलहरुलाई एकताको सुत्रमा बाँधेर मूलुकमा न्यायपूर्ण समाज र दिगो विकास गर्ने उद्देश्य लिएको बताउनुभयो । जिल्ला अध्यक्ष गंगाराज योञ्जन को सभाध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा जित कुमार वजीले स्वागत मन्तव्य थिए भने ललित तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया