लमजुङमा चुनावलाई लक्षित गर्दै मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२२ असोज २०७९, शनिवार

कार्यक्रमको क्रममा लिइएको एतिहासिक तस्बिर

लमजुङ/मंगोल नेशनल अर्गनाइजेशन दोर्दी गाउँ सभाको आयोजनामा एकदिने मुलवासी मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।
दिनाङ्क २०७९ असोज २१ गते तदानुसार 7th October, 2022 का दिनमा एम.एन.ओ.,दोर्दी गाउँ सभाका अध्यक्ष भरत गुरुङको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा दोर्दी गा.पा.-0८,पुरानो दरबारमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा वृहत लोकसमुदायको उपस्थिति रहेको थियो। प्रमुख अतिथी गुरुङले स्थानीय लोकसमुदायलाई मानव अस्तित्व र नेपाली राजनीतिको वास्तविकताको बारेमा एतिहासिक कुराहरु राख्दै आउदो मंसिर ४ मा सम्पन्न हुन गइरहेको आगामी निर्वाचनमा भाले चिन्हमा भोट हाल्यो भने मात्र आफ्नो भोट सुरक्षित हुने हुँदा भालेमा भोट हाल्न अपील गर्नुभएको थियो । 
उक्त कार्यक्रममा लमजुङ प्रदेश 'क'का उम्मेदवार विर्ष बहादुर तामाङले पनि स्थानीय जनताहरुलाई कुनै प्रकारको लोभमा नफसिकन आफ्नो अस्तित्व सुनिश्चितताको लागि भालेमा भोट हालेर एक पटक एम.एन.ओ.लाई मौका दिन आह्वान गर्दै मन्तव्य राखे ।यसरी कृष्ण तामाङद्वारा स्वागत गरिएको उक्त कार्यक्रम एम.एन.ओ.जिल्ला अध्यक्ष विकास गुरुङले सन्चालन गरेका हुन् ।

प्रतिक्रिया