देशको मालिक भई भावी पिढीको उज्ज्वल भविष्य निर्माणको लागि युवा नेता थापाको उम्मेदवारी

Gurkhas Online Tv
Gurkhas Online Tv२५ असोज २०७९, मङ्गलवार

उम्मेदवार देव थापा मगर

आगामी मंसिर ४ गते सम्पन्न हुनगइरहेको निर्वाचनलाई लिएर वर्तमान समयमा सामाजिक संजालदेखि गाउँ,सहर र देशमा नै अब जनताले कस्तो योग्यता र प्रवृत्तिको नेतालाई जिताएर पठाए साच्चिकै राष्ट्रको हितमा काम गर्छ भन्ने कुरा चलिरहदा असोज २३ गते देशको मालिक भई भावी पिढीको उज्जवल भविष्य निर्माण गर्नको लागि गोरखा क्षेत्र नं. १बाट जुझारु र राष्ट्रप्रेमी युवा नेता देव थापा मगरले  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उनले भाले चिन्ह लिएर आफ्नो क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदवार दर्ता गरेका हुन् । प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरिसकेपछि आफ्ना क्षेत्रका जनताहरुसँग भेटघाट गर्दै भोट पनि मागिरहेका छन् । लोकसमुदायलाई आफुलाई यसपाली जिताएर पनि प्रतिबद्ध गरिएका कार्य र देश विकासको लागि केही गर्न नसकेमा राजनीतिबाट सन्यासै लिने बताउदै जनताको सेवा गर्ने अवसर प्रदान गर्न हार्दिक अपिल गरेका छन्।

मङ्गोल राष्ट्रिय संगठन(Mongol National Organization)को तर्फबाट लोकतन्त्र, धर्मनिपेक्ष र प्रान्तीयता असलीरुपमा संस्थागत गर्नलाई आत्मसात गर्दै उनी चुनावमा उठेका हुन् । उनले देशको परिवर्तन युवा शक्तिबिना सम्भव नहुने भन्दै युवावर्गलाई चुनावमा अघि सर्न पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया