मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापालाई मातृशोक

Gurkhas Online Tv
Gurkhas Online Tv८ असार २०७९, बुधवार

एम.एन.ओ.का केन्द्रिय सदस्य प्रविना थापा मगर र शुक्ला गण्डकी नगर सभा अध्यक्षले मृतकलाई संगठनको झण्डा ओढाउनु हुँदै

वि.स. २००० साल जेष्ठ १३ गते जन्मनु भएका दिवल सि.थापाका श्रीमति तथा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापाका आमा बाल कुमारी थापाको ७९ वर्षका उमेरमा  वि.स.२०७९ असार ७ गतेका दिनमा असमायिक निधन भएको हुनाले मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका स-परिवार, मंगोल नेशनल अर्गनाइजेसनका सम्पुर्ण कार्यकर्ताहरु दु:खी रहेको कुरा जिल्ला सभा तनहुँका सचिव सुस्मा आलेले बताउनुभयो । 
उहाँको निधनले शोकाकुल परिवारलाई सहानुभूति तथा समवेदना प्रकटका लागि जिल्ला सभा तनहुँको आयोजनामा  तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा न.-०४ , गबुडाडा स्थित जिल्ला अध्यक्ष थापाकै निवासमा शोक सभा कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा तनहुँ जिल्लाका मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रदेखि विभिन्न स्थानीय तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । सम्पुर्ण उपस्थित हुनुहुने सम्पुर्णले उहाँका शोकाकुल स-परिवारलाई धैर्यधारणा गर्ने शक्ति मिलोस् भन्दै मन्तव्य राख्नु भएका थिए । 
उहाँको आमाको अन्त्येष्टी थेरवाद बुद्ध धर्मानुसार कास्की जिल्लाका भन्तेद्वारा गरिएको थियो । 

प्रतिक्रिया